logo
  • सोमबार, असोज १२ २०८३

नेपाल टेलिकमले विद्यार्थीलाई ५० रुपैयाँको बोनससहित निःशुल्क सीम वितरण गर्ने


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क,काठमाडौँ बैशाख १२ ।
नेपाल टेलिकमले एसईई दिएका र उच्च शिक्षा हासिल गरेका विद्यार्थीलाई विगतमा जस्तै यस वर्ष पनि अफर दिने भएको छ । अफर अन्तर्गत विद्यार्थीले सिम निःशुल्क पाउनेछन भने ५० रुपैयाँ बराबरको टक टाइम पनि पाउनेछन् । ५० रुपैयाँमध्ये १० रुपैयाँबाट कल गर्न,डाटा खरिद गर्न वा एसएमएस गर्न सकिने सुविधा छ ।

बाँकी ४० रुपैयाँबाट ४० मिनेट कल गर्न,६० एमबी डाटा खरिद गर्न र २० वटा एसएमएस पठाउन सकिने टेलिकमले जनाएको छ । ३० दिनको अवधिमा यो सुविधा उपभोग गरिसक्नुपर्ने व्यवस्था छ । विद्यार्थी अफरअन्तर्गत सीम लिएका ग्राहकलाई ६ महिनासम्म प्रतिमहिना ४० मिनेट भ्वाइस कल गर्ने,६० एमबी डाटा चलाउने र २० वटा एसएमएस गर्ने निःशुल्क सुविधा हुने टेलिकमले जनाएको छ । हरेक महिना दिइने यो सुविधा ७ दिनभित्र उपयोग गरिसक्नु पर्छ । यो अफर अन्तर्गतको सीममा ५० रुपैयाँ वा सोभन्दा बढी रकम रिचार्ज गर्दा १ वर्षसम्म बोनस उपलब्ध हुनेछ । ५० रुपैयाँ रिचार्ज गर्दा बोनसको रुपमा १० मिनेट भ्वाइस कल गर्न र ५० एमबी डाटा खरिन निःशुल्क गर्न सकिने छ । यो बोनस ३ दिनमा उपभोग गर्नु पर्ने हुन्छ । असार २६ सम्म यो अफर उपलब्ध हुने टेलिकमले जनाएको छ ।

एसईई दिएका विद्यार्थीहरुले सो सिम लिन विद्यालयको परिचय पत्र वा परीक्षाको प्रवेश पत्र,फोटो र आफ्नो अभिभावकको नागरिकताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ ।

त्यसैगरी,उच्च मावि र सोभन्दा माथिल्लो तहका विद्यार्थीहरुले आफ्नो नागरिकताको प्रमाणपत्र,फोटो र उच्च मावि वा कलेजको परिचय पत्रको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend