साझा नेटवर्क
काठमाडौँ ।
गायक तथा ‘द भ्वाइस अफ नेपाल’का जज सनुप पौडेलको नयाँ गीत ‘थाकिसके’ सार्बजनिक भएको छ । विदेशमा बस्ने परदेशीको पिडालाइ भिडियो मार्फत देखाउन खोजिएको म्युजिक भिडियो उत्कृष्ट बनेको छ ।

दर्जनौ चर्चित गीतहरु नेपाली सांगीतिक आकाशमा पस्कि सकेका गायक सनुप पौडेलको यस गितमा सकारात्मक संदेश प्रबाह गर्न खोजिएको छ । एभरेष्ट केसीको शब्द तथा चर्चित संगीतकार शिखर सन्तोषको संगीत रहेको यस गीतलाई फणिन्द्र राइले एरेन्ज गरेका हुन् ।
गायक सनुप पौडेल तथा मोडल निशा तामाङको अभिनय रहेको यस म्युजिक भिडियोलाइ राम कुमार केसी र नबिन कुमार श्रेष्ठले छायांकन गरेका हुन् भने सम्पादन तथा निर्देशन टेकेन्द्र शाहले गरेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend