साझा नेटवर्क
अनिल खत्री,गुल्मी बैशाख १२ ।
गण्डकी बैंकमा बचत खाता खोले बैंकले एक सय जम्मा गरिदने भएको छ । बैंकले गण्डकी समृद्धि बचत खाता सञ्चालनमा ल्याएको छ । खोलौ बैंक खाता अभियान २०७६ लाई आत्मसाथ गर्दै गण्डकी विकास बैंकले आफ्ना ग्राहक बर्गमा “गण्डकी समृद्धि बचत खाता” सञ्चालनमा ल्याएको हो ।
यस खाता अन्तरगत खाता खोल्ना साथ बैंकले रु १ सय जम्मा गरिदिने गण्डकी विकास बैंक गुल्मी शाखा प्रमुख कालिदाश पाण्डेयले बताए । गण्डकी समृद्धि बचत अन्र्तगत खाताग्राहकले शुन्य मौज्दातमै खाता खोल्न सक्नेछन् । सबै नेपालीको समृद्धिको आशा खोलौ गण्डकीमा समृद्धि बचत खाता” भन्ने नाराका साथ शुरु गरेको यस खातामा निः शुल्क अन्तर शाखा कारोवार , बचत सुविधा, वार्षिक ७% व्याजदर, निःशुल्क शेयर आवेदन फारम भर्न सकिने साथै अन्य थुप्रै सुविधाहरु सहितको विशेषता रहेको पाण्डेयले बताए ।
बैंकले केन्द्रीय कार्यालयका साथै देशका विभिन्न ठाउँहरुमा गरी ७७ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना रहेको जनाएको छ । सहज र सरल रुपमा कर्जा योजनाको साथमा ब्द्यद्यक्, ब्त्ः, ऋ(ब्क्द्यब्,क्ष्एक्, ःयदष्भि बैकिङ्ग सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिने बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
बैंकले सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको छ भने न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्घ लघुवित्त कर्जा प्रदान गर्दै आएको पाण्डेयले बताए । साथै बैंकले आगामी दिनहरुमा समेत शाखा सञ्जाल बिस्तार गदैं ग्रामीण स्तरका जनताहरुलाई थप सेवा प्रदान गर्ने योजना बनाएको बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रेशम बहादुर थापाले जानकारी दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend