logo
  • शनिबार, असोज १० २०८३

नेपाल तरुणदल प्युठानद्दारा गाउँ जागरण अभियानको साथसाथै विशाल सभा गर्ने निर्णय


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

साझा नेटवर्क,प्यूठान बैशाख १२ ।
नेपाल तरुणदल प्युठानकाे बैठक व्यापारीक केन्द्र नयाँ बजार जुम्रिमा सम्पन्न भएकाे छ । बैठकले पार्टिलाइ बलियाे बनाउन तरुणगाउँ जागरण अभियान सुरु गर्ने निर्णय गरेको छ । गाउँजागरण संगै संगठन बिस्तार गर्ने तरुणदल प्युठानका सचिब भेसराज लम्सालले बताउनु भयाे । जिल्लाका नाै ओटै स्थानिय तहमा जिल्ला स्तरका नेताहरुलाई खटाईएकाे छ जसअनुसार सरुमारानि र मान्डबि गाउपालिकामा दिपक के सी  र पुष्प न्याैपाने, स्वर्गद्वारी नगरपालिकामा सनत श्रेष्ठ र भेसराज लम्साल ,ऐरावतिमा निर्मल राना देबराज पैडेल र पुरनसिङ भन्डारि प्यूठान नगरपालिकामा सनत श्रेष्ठ, खगेश्वर थापा ,बिमला आले,नाैबहिनिमा भेषराज लम्साल, झिम्रुकमा कृष्ण पाेख्रेल, हिमाल एम सि, मल्लरानिमा मधुसुदन पाेख्रेल गाैमुखिमा मधुराम के शिलाई जिम्मा लगाईएकाे छ ।

त्यस्तै दिपक के सि लाई वैठकले  जिल्ला कमिटिमा मनाेनित गरिएकाे छ । तरुण जागरण अभियान लगतै असार पहिलाे हप्तामा विशाल आमसभा गर्ने निणय गरेकाे छ । आमसभा तयारिका लागि विभिन्न समिति गठन गरेकाे छ । आमसभामा पार्टिका केन्द्रीय स्तरका नेता दरुणदलका नेताहरुकाे उपस्थित रहने दरुणदल प्युठानका अध्यक्ष सनतश्रेष्ठले बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend