साझा नेटवर्क
हुमाकान्त पोखरेल,गुल्मी वैशाख ११ ।
रेसुगां नगरपालिका वडा नम्बर १३ मा व्यवसायिक च्याउ खेति तालिम सुरु भएको छ । ५ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा तालिम सुरु भएको हो ।
तालिममा रेसुगां नगरपालिका १३ का २० जनाले सहभागिता जनाएका छन् । दैनिक ६ घण्टासम्म संचालन हुने तालिम ६५ दिनसम्म संचालन हुने वडाध्यक्ष खुम बहादुर खत्रीले जानकारी दिए । किसानलाई कृषिमा आत्मनिर्भर बनाई आर्य आर्जन गराउने उदेश्यले च्याउ खेति तालिम सुरु गरिएको खत्रीले जानकारी दिए । तालिममा रेसुगां नगरपालिकाका प्राविधिक हरी पन्थी र माया भुसालले प्रशिक्षण दिएका छन् ।
किसानलाई आत्मनिर्भर बनाउनकै लागि रेसुगां नगरपालिकाले विभिन्न कार्यक्रम पनि संचालन गरेको जनाएको छ । जसअन्तगत सबै किसानको बाख्राको बीमा गर्ने, सिचाँईका काम गर्ने, कागजी, सुन्तला लगायतका विरुवा लगाई व्यवसायीक खेतितर्फ किसानहरुलाई उत्साहित गरेको वडाध्यक्ष खत्रीले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend