logo
  • सोमबार, असोज १२ २०८३

बडिगाडमा महिलाहरुको लागी नेतृत्व विकास तालिम सम्पन्न


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कमल पौडेल, बागलुङ बैशाख ११।
बडिगाड महिला तथा वालवाकिा शसक्तिकरण केन्द्र को आयोजनामा खर्वाङमा ३ दिने नेतृत्व विकास तालिम सम्पन्न भएको छ। बडिगाड गाउँपालिकाको आर्थिक सहयोगमा संचालित सो तालिममा गाउँपालिका भित्रका वडा नं. १,२,३,४, र ८ बाट १०/१० जना महिलाहरुको सहभागिता रहेको छ।
समापन कार्यक्रममा वडा नं. २ का कार्यवाहक अध्यक्ष हिमा खरेल, वडिगाड युवा मञ्चका अध्यक्ष ढालेन्द्र शेरचन लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। तालिममा अधिकारकर्मि ममतादेवि शर्मा र सकुन्तला शर्माले सहजिकरण गर्नुभएको थियो। समापन कार्यक्रम बडिगाड महिला तथा वालवालिका शसक्तिकरण केन्द्रका अध्यक्ष विना थापाको अध्यक्षता, सदस्य विष्णुमाया अर्यालयको स्वागत मन्तव्य तथा सचिव माया केसिको सञ्चालनमा सम्पन्न भएको थियो।
यस अघि चैत्र ५ गते देखि ३ दिन सम्म खार बजारमा वडा नं. ५, ६, ७, ९ र १० का ५० जना महिलाहरुको लागी नेतृत्व विकास तालिम सञ्चालन गरेको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend