साझा नेटवर्क
कमल पौडेल, बागलुङ बैशाख ११।
त्रिभुवन नमुना मावि बडिगाड गाउँपालिका २, खर्वाङमा शैक्षिक सत्र २०७६ मा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरिएको छ।
विद्यालय व्यावस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसाल सहित विद्यालयका शिक्षकहरुले नवआगन्तुक विद्यार्थीहरुलाई टिका र खादा लगाएर स्वागत गर्नुभएको हो। विद्यार्थीहरुलाई स्वागत गर्दै अध्यक्ष भुसालले बालमैत्री बातावरणमा विद्यालयमा अध्यापन हुने भन्दै विद्यार्थीको भविश्यको लागी शिक्षक, अभिभावक र विद्यार्थी सवै जागरुक हुनुपर्ने वताउनु भएको छ।
कार्यक्रममा निजि विद्यालय सहित विभिन्न विद्यालयबाट आएका तथा केहि नयाँ विद्यार्थी गरि एक सय बढि विद्यार्थीहरुलाई स्वागत गरिएको हो। जिल्लाकै नमुना विद्यालयको रुपमा स्थापित हुँदै गएको विद्यालयमा साधारण धार तर्फ नेपाली तथा अंग्रेजी माध्ययम र प्राविधिक धार तर्फ कृषि बालि विज्ञानमा कक्षा संचालन भैरहेको छ। यसै विच विद्यालयले विद्यार्थीहरुको लागी १५ दिने हस्तलेखन तालिमको आयोजना गरेको छ।
बाहिरवाट प्रशिक्षक मगाएर अहिले तालिम चलिरहेको विद्यालयका सहायक प्रधानाध्यापक एवं सुचना अधिकारी शिव पोखरेलले जानकारी दिनुभएको छ। पोखरेलले नयाँ शैक्षिक सत्र २०७६ को लागी अहिले सम्म करिव ९ सय विद्यार्थी भर्ना भएको, विद्यार्थीहरुलाई पाठ्यपुस्तक वितरण गरि पठनपाठन सुरु भएको र बैसाख महिनाभर विद्यार्थी भर्ना तथा स्वागत कार्यक्रम चलिरहने बताउनु भएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend