logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीको छत्रकोट गाउँपालिकामा एक हप्तामा दुई जना बलात्कृत


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

टोपलाल अर्याल, गुल्मी बैशाख १० ।
गुल्मीको छत्रकोट गाउँपालिकामा एक हप्ताको समयमा दुई महिला बलात्कृत भएका छन् । सोमबार छत्रकोट गाउँपालिका ५ का २६ बर्षीय अनिल भनिन तेज बहादुर सुनारले स्थानीय ४५ बर्षीय अपाङ्ग महिलालाई बलात्कार गरे ।

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रविन्द्र खड्काका अनुसार सुनारले पंधेरामा पानी लिन गएकी ती महिलालाई बलात्कार गरेका थिए । मदिरा सेवन गरेका आरोपितले वाटो छेउकै एक गोठमा लगेर बलात्कार गरेको खड्काले बताए ।

बलात्कार गर्ने क्रममा पीडित महिला चिच्चाएपछि स्थानीय बासीले सुनार छोपेर प्रहरीलाई खबर गरेको स्थानीय पूर्ण श्रेष्ठले जानकारी दिए । आरोपितलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको एसपी दिपक कुमार बस्नेतले बताए ।

पीडित महिलाको आजनै गुल्मी अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको छ । सोहि स्थानमा गएको ५ बैशाखमा पनि १४ वर्षीय वालिका वलात्कृत भएकी थिइन् । पाल्पा तानसेन नगरपालिका ५ का ४५ बर्षीय हनुमान भनिने समीर मियाँले वलात्कार बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

मामाघर गएर आमासगै घर फर्कने क्रममा मोटरसाईकलमा आएका मियाँले वालिकालाई घर पुराईदिने भन्दै पैसा दिने प्रलोभन देखाएर वलात्कार गरेका हुन । मियाँलाई पनि प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरेर हिरासतमा अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend