logo
  • शनिबार, असोज १० २०८३

नेकपा इस्मा गाउँ कमिटीले मनायो स्थापना दिवस


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

टोपलाल अर्याल, गुल्मी बैशाख १०।
नेकपा इस्मा गाउँपालिकाले आफ्नो स्थापना दिवस मनाएको छ । इस्मा गाउँपालिका वडा न १ को हस्तिचौरमा दिबङ्गत शहिदको सम्झनामा श्रद्धाञ्जली तथा तस्वीरमा माला लगाएर दिवस मनाइएको हो ।

कार्यक्रममा गाउँपालिका उपप्रमुख बिमला खत्रीले पार्टी र जनप्रतिनिधिबिच समन्वयको खाचो रहेको बताइन । उनले आफुहरु पार्टीको म्यान्डेट बोकेर जनतामा पुगेर जनप्रतिनिधि भएकाले समृद्धिको लागि पार्टीको जुनसुकै निर्देशन मान्न तयार भएको बताइन ।

साथै खत्रीले सैद्धान्तिक रुममा अहिले काङग्रेस भन्दा पार्टीभित्रनै पक्ष प्रतिपक्षको स्थिति देखिनु दुखद कुरा भएको बताइन । त्यस्तै नेकपाका नेता चुरा बिष्टले स्थापना दिवस पार्टीको नभएर जनप्रतिनिधिको जस्तो देखिएको बताए ।

उनले निर्वाचित भएको दुई र तीन बर्षमा जनप्रतिनिधि र पार्टीका बिचमा समन्वय नभएको कुरा सुन्दा ज्यादै दुखद भएको बताए । बिष्टले सहि ठाउँमा सहि समयमा यो विषयलाई समाधान गर्नुको बिकल्प भएको बताए ।

त्यस्तै प्रमुख अतिथि लक्ष्मण बिष्टले जनताले दिएको दुई तिहाईको मत कतै दुरुपयोग हुने हो की भन्ने चिन्ता लागेको बताए । पछिल्लो समय नेता तथा कार्यक्रता र जनप्रतिनिधिमा अनुशासनहिनता देखिएकाले समयमै नसच्चिए पार्टी स्थापना गर्न कुरवानी गर्नेहरुको निम्ति धोका हुने बताए ।

नेकपा इस्मा गाउँपालिका अध्यक्ष नारायण पैयानीले भारतमा पाँच जना सस्थापक नेताले आजको सपना देखेर पार्टी स्थापना गरेकाले अहिले मुलुक संघीय सरचनामा गएर गाउँ–गाउँमा सिहदरवारको अनुभुती भैरहेको बताए ।

उनले केन्द्रदेखी स्थानीय तहसम्म पार्टीभित्र देखिएको अनुशासनहिनता सहि समयमा समाधान हुनुपर्ने बताए । कार्यक्रम नेकपा इस्मा गाउँपालिका सदस्य जगत केसीको स्वागत तथा नारायण कुवरको संचालनमा सप्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend