logo
  • शुक्रबार, असोज ९ २०८३

शरद पाण्डेको उत्कृष्ट शब्दमा रमा तिमिल्सिनाको “पैसा” सार्वजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कुमार अविरल पन्थी, दोहा ।
गायिका रमा तिमिल्सिनाको पहिलो आधुनिक गीतको “पैसा” नामक एल्बम बजारमा आएको छ । गीतलाई ताजा इन्टरटेमेन्टको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

पाण्डेको शब्द रहेको गीतमा सन्तोष श्रेष्ठले लय शृजना गरेका छन । गीतको भिडियोमा पैसा के हो र कस्तो चिज हो ? पैसाले के-के किन्न सकिन्छ, पैसा हुदा मान्छे सबैको प्यारो हुने, जस्ता कुराहरुलाई दर्शाउन खोजिएको छ ।

पहिलो एल्बम भएतापनि गीतमा निकै मेहनत गरेका छौ, दर्शक श्रोताहरुले मन पराउनेमा आशावादी रहेको गायिका तिमिल्सिना बताउछिन । त्यस्तै गीतका लेखक पाण्डेले नव गायिका तिमिल्सिनाले आफ्नो साँगितिक यात्राको पहिलो खुड्किलो यसै गीत मार्फत पार गर्ने विश्वस्त रहेको साझा नेटवर्क सँगको कुराकानीका क्रममा बताए ।

रोशन दाहालको निर्देशन रहेको भिडियोमा बिनोद तामांग, नैना र जोनको अभिनय देख्न सकिन्छ । गीतको भिडियोलाई सविन भट्टराईले छायांकन गरेका छन भने रोशन दाहालले सम्पादन गरेका हुन् ।

हेरौ गितको भिडियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend