साझा नेटवर्क
अनिल खत्री, गुल्मी बैशाख ७ ।
लोक दोहोरी प्रतिष्ठान गुल्मी शाखाले उच्च राशीको पुरस्कार सहित लोक गायन प्रतियोगिता सुरु गर्ने भएको छ । गुल्मी जिल्लमा लोक बिधाम गित गाउनेहरुका लागी गुल्मी लोकतारा २०७६ सिजन २ संचालन हुने भएको छ ।
प्रतिष्ठान गुल्मी शाखाले सदरमुकाम तम्घासमा पत्रकार भेटघाटको आयोजना गरेर लोक बिद्यामा गित गाउन जान्नेहरुका लागीसञ्चालन गर्न लागिएको जनाएको हो । गुल्मी जिल्लाका भिन्नि ग्रामिण क्षेत्रमा लुकेर रहेका प्रतिभा जस्ले गित गाउने कुनै अबसर नपाएर आफनो प्रतिभा देखाउने ठाउ नपाएकालाई अबसर दिने अभिप्रयाले गुल्मी लोक तारा २०७६ संञ्चालन गर्न लागेको प्रतिष्ठानका अध्यक्ष जनक पन्थले बताए ।

प्रतियोगिता यहि बैशाख १५ गते देखी संचालन हुने भएको छ । प्रतियोगिता छनोटका लागि स्थानिय स्तरबाटै छनोट गरेर ल्याइने अध्यक्ष पन्थले बताए । प्रतियोगिता भाग लिनका लागि उमेरको हदबन्दी तोकीएको छैन तर एल्बम निकालेका कलाकारहरुले भने भाग लिन नपाउने अडिसन कार्यक्रम संयोजक बसन्त खत्रीले जानकारी दिनुभयो ।
प्रथम हुनेले नगद रु ५० हजार, कप र प्रमाणपत्र , द्धितिय हुनेले नगद रु ३० हजार , कप र प्रमाणपत्र , तृतिय हुनेले नगद रु २० हजार कप र प्रमाणपत्र पाउने कार्यक्रम संयोजक बसन्त खत्रीले बताए । प्रतियोगिता असार मसान्त सम्म सम्पन्न गर्ने शाखाका अध्यक्ष पन्थले जानकारी दिए ।
कार्यक्रमले लोक संस्कृतीको जगेर्ना र संरक्षण विषेश सहयोग पुग्ने,गाउ घरमा लुकेका प्रतिभा प्रस्फुटन गर्न मद्दत पुग्ने उदेश्य रहेको अध्यक्ष पन्थले बताए । यस कार्यक्रमबाट पुराना सर्जकहरुलाई सम्मान नयाँलाई प्रोत्साहन गर्न मद्दत,लोप हुन लागेका पुराना मौलिक भाकाहरुको संरक्षण गर्न सहयोग पुग्ने आयोजकले उदेश्य राखेको छ ।
बिभिन्न चरणमा छनोट गरेर केन्द्रिय स्तरका कालाकारहरुबाट छनोट गरेर उत्कृष्ट घोषण गरिने आयोजकले जनाएको छ । त्यसको लागि फइनल चरणका कार्यक्रमहरुमा राष्ट्रिय स्तरमा चर्चामा रहेका कलाकारहरुको पनि सहभागिता रहने भएको छ ।
प्रतिष्ठान गुल्मी शाखाले ०७१ सालमा पनि यस्तो कार्यक्रम गरेको थियो । अडिसनबाट उत्कृष्ट २ जना छनोट गरिे आफनै लगानिमा लोक गीत रेकर्ड म्युजिक भिडियो निमार्ण गरिदिएको पन्थले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend