logo
  • सोमबार, असोज १२ २०८३

प्रमाणपत्रको प्रतिलिपी लिँदा तीन हजार


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

तिलाचन पाण्डे, गुल्मी बैशाख ४ ।
प्रमाण पत्रको प्रतिलिपी लिँदा तीन हजार रुपैयाँ दिनुपरेको गुनासो आएको सन्दर्भमा गुल्मीको मुसीकोट नगरपालिकाले आबश्यक कारबाही गर्ने जनाए पनि हालसम्म मौन रहेको छ ।

गुल्मी जिल्लाको मुसीकोट नगरपालिका वडा नं २ मा रहेको खस्थोक माध्यमिक बिधालयमा कक्षा ८ को प्रमाणपत्रको प्रतिलिपी लिदाँ तीन हजार रुपैयाँ तिर्नुपरेको सोही बिधालयकी छात्रा ईश्मा गाउँपालिका वडा नं ४ का पुर्णिमा नेपालीका बुबा दान बहादुरले गुनासो ब्यक्त गरेको समाचार पुस ९ गते प्रकाशन भएको थियो ।

नेपालीका अनुसार पहिले प्रमाणपत्र लिदाँ तीन हजार दिएर लिएको तर बिबिध कारणले गर्दा प्रतिलिपी निकाल्दा पनि पुन तीन हजार तिर्नुपरेको बताए । उनले १ बर्ष पहिले छोरीको प्रमाणपत्र निकाली बाग्लुङ कुरियर मार्फत पठाउदा हराएकाले प्रतिलिपि निकाल्नु पर्ने भएको बताए ।

प्रमाणपत्र हराएकै कारण एक बर्ष खेर गएको र कक्षा नौ को रजिस्टेसन फर्म नै भर्न नपाएको नेपालीले दुःख ब्याक्त गरेका थिए । यसरी प्रमाणपत्र र प्रमाणपत्रको प्रतिलिपी लिदाँ यसरी लिईने रकम अत्याधिक भएको नेपालीले बताउदै दोहोरो मर्कामा आगामी दिनहरुमा कोही पनि नपरुन भन्दै यसरी लिईने रकममा पुनः बिचार गर्न उनले आग्रह गरेका छन् ।

प्रमाण पत्र लिदाँ ५ सय र प्रतिलिपी लिदाँ २ सय रुपैयाँसम्म लिन नगर प्रमुखको निर्देशन

यता मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले आफूले बिधालयमा महंगो शुल्क नलिन र प्रमाणपत्रको प्रतिलिपी लिँदा तीन हजार अति भएकाले प्रतिलिपी लिँदा २०० रुपैयाँ सम्म लिन र प्रमाणपत्र लिँदा पाँच सय रुपैयाँ सम्म लिनका लागि निर्देशन दिएको दाबी गरेका छन् ।

स्थानीय स्तरबाट र अभिभाबकहरुबाट रकम धेरै लिएको गुनासो आए पश्चात बिधालयलाई सो बापतकको रकममा कटौती गर्नका लागि र्दिेशन दिएको सापकोटाले बताए । तर हाल सम्म सोही रकम लिदै आएको बिधालयका प्रधानाध्यपक कृष्ण सुर्यबंशीले बताए । उनका अनुसार हालसम्म सोही रकम लिदैँ आएका छौ यस शैक्षिकसत्र देखी ब्यबस्थापन समितिको बैठक बसी केही परिमार्जन गर्ने सोचमा रहेको उनले बताए ।

यस आर्थिक बर्षमा ३३ जनाले प्रमाणपत्र लिए, प्रतिलिपी एक जनाले मात्र

बिधालयले यस आर्थिक बर्ष २०७५ । ०७६ मा ३३ जनाले प्रमाणपत्र लिएको लेखा शिक्षक श्रीराम पोखरेलले जानकारी दिए । उनका अनुसार ३३ जनाले प्रमाणपत्र लिएकोमा प्रति ब्याक्त्ति तीन हजारका दरले ९९ सय हजार रुपैया जम्मा भएको बताए ।

उनले यसरी प्रमाण पत्र लिएको रकम र एक जनाले प्रतिलिपी निकालेको थप तीन हजार गरि कुल एक लाख दूई हजार रुपैयाँ जम्मा भएकोमा सो रकम बिधालयमा राखीएका स्थानीय शिक्षकहरुको तलबमा खर्च गरिएको पोखरेलले बताए ।

उनका अनुसार बिधालय नीजि स्रोतबाट चलाउनु परेकाले मासिक ७३ हजार रुपैयाँ नीजि क्षेत्रका शिक्षकहरुकै तलबमा खर्च हुन्छ र यसरी बिधालय ब्यबस्थापन समितिले नै निर्णय गरेकाले सोही अनुसार नै शुल्क लिने गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend