साझा नेटवर्क
कमल पौडेल, बागलुङ वैशाख ३ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रि गोकर्ण विष्टले ढोरपाटनमा पुग्ने पर्यटकलाई बडिगाडमा र्याफटिङ गराएर फर्काउने गरि योजना वनाउनुपर्ने र त्यसको लागी सहयोग गर्न आफू तयार रहेको बताउनु भएको छ ।

मंगलवार बागलुङको खर्वाङमा बडिगाड खोलामा पहिलो पटक र्याफटिङको उद्घाटन गर्दै मन्त्रि विष्टले राज्यको श्रोतको महत्वपूर्ण योगदान पर्यटन भएको भन्दै नदीको भरपूर परिप्रयोग हुनुपर्ने वताउनु भएको हो।
सरकारले जहाँ जे को सम्भावना छ त्यहि काम गरी देशलाई सम्वृद्धि तिर लैजान लागेको खुलासा गर्दै काठमाडौंमा रेल चलाउने गरि तयारी गरिरहेको बताउनु भएको छ। आगामी बजेटको सन्दर्भमा वोल्दै मन्त्रि विष्टले प्रत्येक पालिकामा कम्तिमा ४ सय युवाहरुलाई रोजगारी दिने कार्यक्रम संचालन गर्ने बताउनु भयो।
मन्त्रि विष्टले सामाजिक सुरक्षाको दायरा बढाउँदै लैजाने, वृद्धवृद्धाको भत्ता बढाउने बताउनु भएको छ। कानुनि हिसावले २०८२ साल पछि कोहि पनि भोको नरहने, कोहि पनि परिवार आवास विहिन नहुने, कोहि पनी पढ्न, स्वास्थ्य सेवाबाट बन्चित नहुने गरि कानून तयार भैसकेको भन्दै मन्त्रि विष्टले सरकार सामाजिक न्यायका हिसावले अगाडि वढेको वताउनु भएको छ।
मन्त्रि विष्टले स्थानिय वा राष्ट्रिय रुपमा घोषणा गरेको सवै प्रतिवद्धता ३ वर्ष भित्र सत प्रतिसत पुरा गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ । गुल्मीको मुसिकोट नगरपालिका र बागलुङको बडिगाड गाउँपालिका विचमा वग्ने बडिगाडमा झक्कले एग्रो टुरीजम् रिसोर्ट प्रालिले र्याफटिङ चलाउन लागेको हो ।
पर्यटन प्रवद्र्धनको उद्धेश्य सहित सुरु भएको कार्यक्रमलाई मुसिकोट नगरपालिकाले प्रवर्धन गर्ने जनाएको छ । औपचारीक कार्यक्रमपछि मन्त्री विष्ट सहितको टोली बागलुङको खर्वाङ बाट र्याफ्टीङ चढि गुल्मीको झेंदि सम्म पुगी त्यहाँको २ दिन अघि भत्किएको निर्माणधिन पुलको समेत अवलोकन गर्नु भएको थियो ।
कार्यक्रममा मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले बडिगाडको जल उपयोगको लागी बनाइएका योजना र कार्यान्वयनको पक्षको सन्दर्भ बताउनु भएको थियो। त्यस्तै नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसालले शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम बडिगाड गाउँपालिका वडा नं. २ का कार्यवाहक अध्यक्ष हिमा खरेलको अध्यक्षता, मुसिकोट नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष प्रकाश काफ्लेको स्वागत मन्तव्य तथा पत्रकार कमल पौडेलको संचालनमा सम्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend