logo
  • सोमबार, असोज १२ २०८३

बन्दै गरेको पक्कि पुल भत्किएपछी अध्ययन गर्न विज्ञ टोली आउने


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

हुमाकान्त पोखरेल, गुल्मी वैशाख २ ।
गुल्मीमा बन्दै गरेको पक्कि पुल भत्किएको छ । मुसिकोट नगरपालिका वडा नम्बर ३ र ७ जोड्ने बढिगाढ खोलामा बन्दै गरेको पुल आइतबार साझँ भत्किएको हो । पुल भत्किदा निर्माण व्यवसायीसहित पाचँजना घाइते भएका छन् । पुलले च्यापेर निर्माण व्यवसायी ऋषिराम इटानी गम्भिर घाइते भएका छन् ।

मुसिकोट नगरपालिका ३ का २३ बर्षका राम बहादुर कुमाल, ३३ बर्षका गणेश कुमाल, वडा नं ४ का ५१ बर्षका रुद्र बहादुर कार्की र बाग्लुङ्गको बडिगाढ गाउँपालिकाका जेसिवीको चालक तुल बहादुर राना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी रविन्द्र खड्काले जानकारी दिए । गम्भिर घाइते इटानीको खुट्टा र दाँतमा चोट लागेको छ । उनको अहिले पोखरामा उपचार भइरहेको छ ।

सो पुल ढलान गरेको दुई दिनपछि पुल भत्किएको हो । वाइटी जय बुद्ध कन्ट्रक्सन प्रालीले निर्माण गर्दै गरेको ५८ मिटर लामो पुल बडिगाढ खोलामा आएको बाढीले भत्काएको हुनसक्ने अनुमान गरिएको छ । ‘पहिलो त पुलमा टेका अपुग भएको हुनसक्छ भने दोस्रोचाहिँ बाढीले बगाएकएर पनि भत्किएको हुन सक्छ ।

’ पूर्वाधार विकास कार्यालय गुल्मीका सिनियर डिविजन इन्जिनियर विनोद चौधरीले भने, ‘टेकाको डिजाइन हुँदैन अनुमानको आधारमा गर्ने हो ।’ पुलको अनुगमन र अध्ययन गर्न मंगलबार काठमाडौबाट विज्ञ समुह गुल्मी आउन लागेको चौधरीले जानकारी दिए ।

वि.स. ०७३ साल असारमा सम्झौता भएको पुल ०७५ असार मसान्तसम्म सम्पन्न गर्नुपर्ने थियो । तर काम गर्दा खोलामा बाढी आउने लगायतका कारणले निर्माण सामाग्री नै बगाउन थाले । अनि काठमाडौबाट समुह आई पुलको डिजाईन नै परिवर्तन गरि फेरी बनाउदा ढिलाई भएको इन्जिनियर चौधरीले जानकारी दिए ।

स्वीस सरकारको सहयोगमा स्थानीय सडक पुल कार्यक्रमअन्तरगत कुल पाचँ करोड १७ लाखको लागतमा पुल बन्न लागेको हो । जसमध्ये दुई करोड ७३ लाखभन्दा बढी भुक्तान भइसकेको कार्यालयले जनाएको छ ।

अब कसले र कहिले बनाउछ पुल ?

पुल भत्किएसँगै अब पुल कसले र कहिले बनाउने भन्नेमा बहस सुरु भएको छ । पुल भत्किदा एकातर्फ विकासमा गाउँ पछाडी परेको छ भने अर्कोतर्फ पुलबाटै यात्रा गर्ने स्थानीयको सपना पनि अधुरो भएको छ । उक्त पुन निर्माण भएको खण्डमा साविकको मुसिकोट र वामी आवाज–जवतमा निकै सहज हुन्थ्यो ।

वामी र मुसिकोटबिच आवत–जावतमा सबैभन्दा छोटो मार्ग बन्ने यस पुल भत्किएसँगै स्थानीय निकै चिन्तित रहेको स्थानीय समेत रहेका पत्रकार महासंघ गुल्मीका पूर्व अध्यक्ष जनार्दन घिमिरेले बताए । पुल नहुँदा अहिले पनि नागरिकहरु इन्द्रगौडा वा राक्सेको बाटो हुँदै यात्रा गर्नुपर्छ ।

जसले गर्दा यातायातमा मात्रै डेढ घण्टाभन्दा बढी समय लाग्ने घिमिरेले बताए । त्यसका साथै यातायातमा पनि अझै केहि बर्ष बढी रकम र बढी समय नै खर्चेर यात्रा गर्न बाध्य हुने उनले बताए । यससम्बन्धमा पूर्वाधार विकास कार्यालयले उक्त पुल स्वयम् निर्माण व्यवसायीले नै बनाउनुपर्ने बताएको छ ।

‘सम्पन्न भएपछि र भुक्तन दिएपछि भत्किएको भए हाम्रो गल्ति हुन्थ्यो ।’ सिनियर इन्जिनियर चौधरीले भने, ‘यसको पुन निर्माण व्यवसायीले नै गर्नुपर्ने व्यवस्था छ ।

पुलको निर्माण अवधिभर आफ्नो कार्यालयको एकजना इन्जिनियर मुसिकोटमै बसेर अनुगमन गरेको र ढलान गर्दाको दिन थप एकजना इन्जिनियर निर्माण स्थलमा पुगेको उनले बताए । पुल पुन निर्माणको लागि भने अब केहि बर्ष लाग्ने चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend