logo
  • सोमबार, असोज १२ २०८३

गुल्मी महोत्सवको नृत्य उपाधी रिड्रसलाई


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री, गुल्मी बैशाख २ ।
गुल्मी महोत्सवमा राखिएको खुल्ला समुहगत नृत्य प्रतियोगितको उपाधी रिडर्श पब्लीलिक हाइस्कुलले पाएको छ । गुल्मी चेम्बर अफ कमर्सको आयोजनामा सम्पन्न महोत्सवमा १८ समुहलाई पछिपार्दै प्रतियोगितको उपाधी हात पारेको हो ।

प्रतियोगितामा द्धितिय पुल्चोक क्लव, तृतिय मालिक गाउँपालिका, सान्तनामा सिद्धबाबा माध्यमिक बिद्यालय भएको छ साँस्कृतिक कार्यक्रम संयोजक सन्तु थापाले बताए । महोत्सव अन्र्तगत चैत २१ गतेबाट ३० गते सम्म बिभिन्न चरणमा नृत्य प्रतियोगिता छनोट गरिएको थियो ।

प्रतियोगितामा क्रमश प्रथम हुनेले नगद रु ४१ हजार १ सय ११, द्धितिय हुनेलाई ३१ हजार १ सय ११, तृतिय हुनेलाई २१ हजार १ सय ११ रुपौयाँ पुरस्कार प्रदान गरिएको हो । सान्तवना हुनेलाई ११ हजार एक सय ११ र सहभागितलाई पनि प्रमाण पत्रको व्यवस्था गरिएको थियो ।

पुरस्कारको आइतवार एक कार्यक्रमका बिच गुल्मी चेम्बर अफ कमर्शका उपाध्यक्ष हिमाल श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रबिन्द्र खड्का, महोत्सवको सँँस्कृतिक कार्यक्रम संयोजक सन्तु थापाले पुरस्कारको चेक हस्तातरण गरेका थिए । नृत्य प्रतियोगिताको नृत्य निर्देशक लोकेन्द्र शाहा, सन्तु थापा र बिष्णुबिनाय घर्तिमगरले नडिायकमण्डलको भूमिका निवाह गरेका थिए । प्रतियोगिताको अन्तिम चरणमा नृत्य र भोटिङ्गको आधारमा उत्कृष्ट घोषण गरिएको हो ।

महोत्सवलाई थप आर्कषक र स्थानिय कलालाई उजागर गर्ने उदेश्यले खुल्ला समुहगत नृत्य प्रतियोगिता राखिएको आयोेजकले जनाएको छ । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै गुल्मीमा चलेको गुल्मी सांस्कृतिक तथा पर्यटन महोत्सब एबम ब्यापार मेला सम्पन्न भएको छ । मेलामा १० करोड बढिको कारोबार भएको मेल मुल आयोजक सह–संयोजक नवराज भुसालले बताए ।

सदरमुकाम तम्घासमा ११ दिन सम्म चलेको महोत्सवमा १० करोड बढिको कारोबार भएको भुसालले बताए । मेलामा झण्डै १ लाख दर्शकले मेला अबलोकन गरेको आयोजकले जनाएको छ । महोत्सवमा गुल्मी जिल्लामा उत्पादन भएका बिभिन्न बस्तुहरुसँगै बिभिन्न औधोगिक क्षेत्रबाट उत्पादिन बस्तुहरु पनि प्रर्दशन तथा बिक्रीमा राखिएको थियो ।

जिल्लामा रहेको गुल्मी चेम्बर अफ कमर्शले चैत २० गते देखी ३० गते सम्म महोत्सव आयोजना गरेको थियो । महोत्सवको ‘गुल्मीको संमृद्धिका मुख्य आधार, संस्कृति, संरक्षण एवं पर्यटन विकासमा पुर्वाधार’ भन्ने नारा तय गरेर गरिएको थियो । मेलाको शनिवार प्रदेश नम्बर ५ का बिशेष अधिकार समिति सभापति कमलराज श्रेष्ठले समापन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend