साझा नेटवर्क
तिलु शर्मा पौडेल ।
म्याग्दी जिल्ला बेनी नगरपालिका ०९ (साबिक घतान ४) कोसेपानीमा केहि महिना पहिले गठन भएको कोसेपानी युवा कल्बले नयाँ वर्षको अवसरमा शुभकामना आदान-प्रदान सहित क्लबका अध्यक्षको बिदाइ तथा सार्वजनिक सुनुवाई कार्यक्रम समपन्न गरेको छ ।

क्लबका अध्यक्ष दिपक कार्किको सभापतित्व तथा बेनी नगरपालिका वडा न ९ का वडा अध्यक्ष बेल बहादुर चोखालको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वडा सदस्य अम्मर बस्नेत, गलेस्वर ठुलो सल्लेरीका अध्यक्ष पुण्य चोखाल बिसेष अतिथि रहेका थिए ।

घतान ग्रामिण सहकारीका अध्यक्ष रुद्र रेग्मी, स्यालिखेत प्राबिका प्रअ मन बहादुर खड्का, ढल्केढुङ्गा सामुदायिक बनका अध्यक्ष राजन खत्री ,रास्ट्रीय मा बि का प्रतिनीधि फौज बहादुर चोखाल, समाज सेबी टेक बहादुर बानिया रहेका थिए ।
उक्त कार्यक्रमले क्लबको निर्माणाधीन खेलकुद मैदान निर्माणका लागि सहयोग गर्ने जग्गा दातालाई सम्मान, विविध साँस्कृतिक कार्यक्रम सहित कोसेपानीका बृद्ध चन्द्रबहादुर कार्किलाई केहि नगद रकम सहित सम्मान गरेको छ ।
क्लबले आय व्यय बिबरण पनि सार्बजनिक गरेको छ l तिन लाख २ हजार ९ सय पचास कुल आम्दानि गरेको क्लबले ४ लाख ९ हजार ९५ रुपिया खर्च भएको जनाउदै प्रतिबद्धता भएको ८५ हजार ६ सय ८७ रुपैया उठन बाँकी रहेको जनाएको छ ।
कार्यक्रममा बोल्ने वक्ताहरुले कल्बको प्रशसा गरेका थिए । कार्यक्रमको अन्त्य तिर बोल्दै प्रमुख अतिथि चोखालले आफनो वर्कतले भ्याएसम्म कल्बलाइ सक्दो सहयोग गर्ने बचन वद्धता जनाए ।
कल्बका सचिव विशाल थापाले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति कार्कीले ससारको जुन कुनामा रहेपनि आफुले क्लब र समाजको हितमा काम गर्ने प्रतिवद्धता जनाएका थिए l
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend