logo
  • शनिबार, साउन ९ २०८३

चुनौती सामना गर्छु तर राजीनामा दिन्न : प्रधानमन्त्री


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

KP-oli-talkingकाठमाडौं, आषाढ २९।
केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिए लगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सबभन्दा ठूलो दल कांग्रेसको समर्थनमा प्रधानमन्त्री बन्ने तयारी गरिरहँदा अल्पमतमा परेका ओलीले भने राजीनामा नदिने अडान लिएका छन् ।

संविधानमा संक्रमणकालीन संसद्मा सरकारविरुद्ध अविश्वास प्रस्ताव र सरकार परिवर्तनको व्यवस्था नरहेको भन्दै ओलीले त्यस्तो अडान लिएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको एमाले स्थायी समिति बैठकले राजीनामा नदिने निर्णय गरेको हो । माओवादी सरकारबाट बाहिरिनु देशका लागि दुर्भाग्यपूर्ण भएको ठहर गर्दै बैठकले संवैधानिक तथा संसदीय प्रक्रियाको सामना गर्ने निर्णय पनि गरेको छ ।

वर्तमान सरकार बने यता सुदृढ बनिरहेको राष्ट्रिय स्वाधीनता, स्वाभिमान, राष्ट्रिय हितको रक्षा, आत्मनिर्भरता, सार्वभौमिक समानता माथि आधारित नयाँ अन्तर्राष्ट्रिय सम्बन्ध र प्रधानमन्त्रीको भारत र चीन भ्रमणका क्रममा भएका महत्त्वपूर्ण उपलब्धिलाई समेत यस्तो अस्थिरताले आँच पुर्‌याउन सक्ने सम्भावना प्रति पार्टी गम्भीर बनेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend