logo
  • शनिबार, असोज १० २०८३

श्रद्धाञ्जली दिन काङ्ग्रेस सभापति देउवासहितका नेताहरु गुल्मी आउँदै- अन्त्येष्ठी शुक्रबार ११ बजे


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

हुमाकान्त पोखरेल,गुल्मी चैत्र २९ ।
नेता भण्डारीको निधनप्रति फेसबुक,ट्विटर लगायतका सामाजिक सञ्जालमार्फत धेरैले श्रद्धाञ्जली दिएका छन् । गुल्मीबाट निर्वाचित हुने परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले पनि फोनमार्फत समवेदना दिएको पार्टी सभापति श्रेष्ठले बताए । नेता भण्डारीको अन्त्येष्टि शुक्रबार बिहान ११ बजे धुर्कोट गाउँपालिकाको धनार्जीमा गरिने भएको छ । जिल्ला पार्टीले धार्मिक स्थल रिडीमा अन्त्येष्टी गर्ने भनेपनि परिवारको आग्रहअनुसार कर्मथलो धनार्जीमै अन्त्येष्टि गर्ने निर्णय गरिएको काङ्ग्रेस नेता महेन्द्र भण्डारीले जानकारी दिए । भण्डारीको पार्थिव शरिरलाई श्रद्धाञ्जली दिनका लागि नेपाली काङ्ग्रेसका पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा शुक्रबार गुल्मी आउने भएका छन् । सभापति देउवासहित बरिष्ठ नेता रामचन्द्र पौडेल, शशांक कोइराला लगायतका नेताहरु शुक्रबार हवाईजहाज मार्फत गुल्मी आउने कार्यक्रम तय गरिएको काङ्ग्रेस जिल्ला कार्य समिति गुल्मीका सचिव खिलध्वज पन्थीले जानकारी दिए ।

काङ्ग्रेस गुल्मीद्धारा शोक सभाका कार्यक्रम सार्वजनिक
नेपाली काङ्ग्रेसका नेता एव्ं पूर्व सासंद भण्डारीको निधनप्रति काङ्ग्रेस गुल्मीले शोक सभाका कार्यक्रमहरु सार्वजनिक गरेको छ । सबै तहका पार्टी कार्यालयहरुमा सात दिनसम्म पार्टीको झण्डा झुकाउने, एक हप्तासम्म पार्टीका औपचारिक कार्यक्रमहरु बन्द गर्ने निर्णय गरेको छ । त्यस्तै ५ औँ दिन देखि ११ औँ दिनसम्म क्षेत्र, नगर र गाउँ समितिले श्रद्धाञ्जली सभा गर्ने, १२ औँ दिनका दिन वैशाख ९ गते जिल्ला पार्टी कार्यालयमा श्रद्धाञ्जली सभा नेपाली काङ्ग्रेस गुल्मीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend