साझा नेटवर्क
साझा नेटवर्क, बुटवल ।
सामाजिक संजालमा देखिएका बिकृति विसंगतिहरुलाई व्यंग्य प्रहार गर्दै तयार परिएको गीत “टिकटकले बिगार्यो” युटुबमा सार्वजनिक भैसकेको छ । छोटो समयमा धेरै दर्शकले रुचाइएको गीतका केहि रोचक घटना सार्बजनिक भएका छन ।

उक्त गीतको छायांकन गर्ने क्रममा हास्यकलाकार यादब देबकोटा अर्थात् सरापेको पाइन्ट च्यतिएर अत्यन्तै रमाइलो माहोल सिर्जना भएको थियो उक्त तस्बिर सार्बजनिक भएको छ ।
प्रदेशी गायक समिर बिष्णु खत्री र नारायण प्रसाद अर्यालको प्रस्तुतिमा रहेको गीत अविरल फिल्म्सको युटुब च्यानल देखि सार्बजनिक गरिएको छ । समिर बिष्णु खत्री र देवी घर्तिको आवाजमा रहेको गीतमा समिर बिष्णु खत्रिकै लय रहेको छ ।
गणेश अधिकारीको सब्द रहेको सोहि गीतको भिडियोलाई बिष्णु भट्टराईले निर्देशन, छायांकन र सम्पादन गरेका छन् भने सगुन शर्माको श्रीन्गार रहेको छ । सरापे, बिमली, पितृ बुढो, शितल शर्मा, अविरल भट्टराई, अमृता पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।
हेरौ गीतको भिडियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend