logo
  • सोमबार, असोज १२ २०८३

सिवाइसिको १०औं स्थापना दिवस खर्वाङमा सम्पन्न


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कमल पौडेल, बागलुङ  चैत्र २६ ।
सिवाईसि बचत तथा ऋण सहकारी संस्थाको १० औं स्थापना दिवस खर्वाङमा नयाँ शेयरसदस्यलाई सम्मान गर्दै मनाइएको छ।
सिवाईसि साकोस खर्वाङ शाखाको आयोजनामा भएको कार्यक्रममा सहकारीका सल्लाहकार सुदर्शन शाक्य, परोपकार बहुउद्धेश्यीय सहकारी संस्था वामीटक्सारका दिनेश खाती, सिवाईसि लघु वित्तिय संस्था खर्वाङका यानु वुढा लगाएतले शुभकामना व्यक्त गर्नुभएको थियो।
कार्यक्रम खर्वाङ शाखाका अध्यक्ष धन वहादुर वुढाको अध्यक्षता, सदस्य सुवास नेपालीको स्वागत मन्तव्य तथा पूर्व सचिव तथा सदस्य वेलु गिरीको संचालनमा सम्पन्न भएको थियो। सहकारीले आज मात्रै ४१ जना शेयर सदस्य थप गरेको छ।
खर्वाङ शाखामा आज देखि वृद्ध सदस्यहरुको लागी पेन्सन दिन शुरु गरेको छ। ७० वर्ष पुरा गरेका २ जना शेयर सदस्यलाई मासिक ७ सय ५० रुपैया प्रदान गरिने संस्थाले जनाएको छ। सहकारीले बागलुङमा पहिलो पटक एटिएम सेवा समेत सुरु गरेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend