logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मी महोत्सवमा बद्रीले दर्शकलाई रुवाए


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

गुल्मी, चैत २५।
कतिपय गीतहरु यस्ता हुन्छन् ति गीतहरु गाउदा सुन्नेहरुको पनि आशु थामिन्न । गीतले बोलेको भावले आफुलाई नै बोलेको आभासले पनि सुन्ने श्रोताको मन छुन्छ । गुल्मी महोत्सवमा सोमबार लोक दोहोरी गायक बद्री पंगेनीले गीत गाउदा दर्शकका आशु थामिएनन् ।

गीतबाटै उनले गुल्मीबाट ३ जना मन्त्री बनेकाले पनि अब अर्को पटक गुल्मी आउदा बाटो घाटो बनेको देख्न पाउँ भने । गुल्मीले देशको चर्चामा रहेका नेताहरु जन्माएकाले यहाँको विकासमा केन्द्रित हुन आवाह्न गर्दा सबैले तालिले उनललाई साथ पनि दिए ।

गायक पंगेनीले महोत्सवमा आमा बिदा पाउदिन भन्ने गीत गाए । उनले गीत मार्फत बिदेशमा रहेका विभिन्न कथावस्तुहरु सुनाए धेरै दर्शकहरु आँखाबाट आसु झारे । उनी गीत गाउँदै दर्शकसँग पुगे धेरै बृद्धआमाहरु उनको मुहार हेर्दै आशु झारिरहेका थिए ।

गायक पंगेनीको गीतमा महिला र आमाका मात्रै होइन धेरै पुरुषहरुका पनि आशु थामिएका थिएनन् । गीत गाउँदा पंगेनी आफै स्तब्ध बने । गीत मार्फत उनले विदेशिएका धेरै नेपालीहरुलाई स्वदेशमै रोजगारीको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरे ।

उनले गुल्मी जिल्लाबाट विदेशीएका दाजुभाइहरुलाई स्वदेश फर्किएपछि यही केही गरेर बस्न समेत आग्रह गरे । पछि उनले धेरै गीतहरुमा हसाए नचाए दर्शक सबै झारेका आँशु थाम्न पनि सफल भए ।

सोमबारको प्रस्तुतिमा पंगेनी सहित, शोभा त्रिपाठी, रामचन्द्र चन्द लगायतका कलाकारहरुको प्रस्तुति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend