साझा नेटवर्क
काठमाडौं, चैत २५ ।
वेन रेन्डालले निर्देशन गरेको अस्ट्रेलियन चलचित्र ‘सिस्टरर्स फर सेल’ लाई उत्कृष्ट अन्तर्राष्ट्रिय नन–फिक्सन वृत्तचित्रकोे अवार्ड प्रदान गर्दै सातौं नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०१९’ राजधानीमा आइतबार सम्पन्न भएको छ । कमल पोखरीस्थित रसियन कल्चर सेन्टरमा चार दिनसम्म चलेको महोत्सवमा फ्रान्सका करिम रहबानीले निर्देशन गरको ‘कार्गाे’ले उत्कृष्ट अन्तर्राष्ट्रिय फिक्सन अवार्ड जितेको छ ।

उत्कृष्ट राष्ट्रिय फिक्सन फिल्मको अवार्ड अविनाश विक्रम शाहद्धारा निर्देशित चलचित्र ‘तटीनी’लाई प्रदान गरिएको छ । उत्कृष्ट राष्ट्रिय वृत्तचित्र विधामा दिपक तोलागेंले निर्देशन गरको ‘टहरा’ले बाजी मारेको छ । उत्कृष्ट नेपाली महिला निर्देशक तर्फ प्रशुना डंगोलको ‘डोल्पा डायरी’ले हात पारेको छ भने जुरी स्पेसल मेन्सन ‘सेन्ड गर्ल’ जर्मनका मार्क मिकेलल र जुरी अवार्ड ‘थी्र स्टोलन क्यामेराज्’ले हात पारको छ ।
पुरस्कृत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिक्सन र ननफिक्सन त्तचित्रलाई अवार्डसँगै ५०÷५० हजार रुपैयाँ पनि प्रदान गरिएको थियो । वृत्त चित्र निर्माणका महोत्सवको निर्णायक मण्डल तर्फ नेपालका चलचित्र समिक्षक अनुप सुवेदी, कोरियाका फिल्म समिक्षक चाङ सेवक योङ, मलेसियाका महोत्सव निर्देशक आना हर मेइ योके र रसियाका फिल्म मेकर लिया गिल्मुट्डिनोभा रहेका छन् ।
मानवअधिकार चलचित्र केन्द्रले आयोजन गर्दै आएको महोत्सवको यो सातौं संस्करण हो । महोत्सवमा मानवअधिकारका विषयमाथि बनेका ३३ देशका ८२ वटा लुघु चलचित्र, वृत्तचित्र, फिचर, एनिमेसन लगायतका चलचित्र दर्शन गरिएका थिए । ‘सुरक्षित, व्यवस्थित र आत्मसम्मानित आप्रवासन’ भन्ने नारा मानव अधिकार चलचित्र केन्द्रले २०१० देखि सुरु गरको नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रत्येक वर्ष
महोत्सवमा पछिल्लो समय विश्वमा आन्तरिक राजनैतिक विवाद, हिंसात्मक विद्रोह, जातीय दंगा र आतंकवादी क्रियाकलापका कारण विस्थापित भएकाको कथामा आधारित चलचित्रहरुलाई प्राथमिकतामा राखिएको थियो । महोत्सवमा दोस्रो दिन ‘मर्यादित आप्रवासन’ विषयमा बहस पनि गरिएको थियो ।
बहसमा अधिकारकर्मी डा. रेणु अधिकारी, मानव अधिकारकर्मी डा. गोपाल कृष्ण शिवाकोटी, युन एच सी. आर का कृष्टफर ड्याग्नल , अन्र्तराष्ट्रिय आप्रवाशन संगठनका पल इभर्स मर्टनले आफ्ना विचार व्यक्त गरेका थिए भने युवा राजनितिकर्मी मानुषी भट्टराईले सहजकर्ताको भूमिका निर्वाह गरेकी थिइन् ।
यस्तै तेस्रो दिनै ‘यौनिक तथा लैंगिक अल्पसंख्यकहरुप्रति समाजको स्वीकार्यता’ का विषयको छलफल नेपाल सरकार शिक्षा मन्त्रालयका सह सचिव हरि लम्साल, लंैगिक अल्पसंख्यक अधिकार कर्मी सुजता श्रेष्ठ, एन्जल लामाले आफ्ना विचार राखेका थिए भने जसमा अधिकारकर्मी भूमिका श्रेष्ठले सहजकर्ताको भूमिका निर्वाह गरेकी थिइन् ।
महोत्सबको तेस्रो दिन शनिबार चलचित्रमा ‘सार्वजनिक लगानी’ विषयमा बहस भएको थियो । बहसमा चलचित्र बिकास बोर्डका गिरिस शर्मा, फिल्ममेकर मिन बहादुर भाव र फिल्म निर्माता राधाकृष्ण पोखरेलले सिनेमामा सार्वजनिक लगानी बारे खुलेर बहस गरेका थिए ।
त्यस्तै तेस्रो दिनै फिल्ममेकर दिपक तोलगेंले ‘एथ्नोग्राफिक फिल्मीङ’ बारे मास्टर क्लास पनि सञ्चालन गरेका थिए । विगत तुलनामा यस वर्षको महोत्सव उपलब्धिमूलक र सफल भएको आयोजकले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend