साझा नेटवर्क
कमल पौडेल, बागलुङ चैत्र २५ ।
बडिगाड गाउँपालिका वडा नं. ४ नैतुल घर भई हाल बडिगाड गाउँपालिका वडा नं. २ खर्वाङमा ज्याला मजदुरी गर्दै वसोवास गर्ने मानसिंह दर्लामीका छोरा आगोले जली घाइते भएका ८ वर्षिय किरण दर्लामीको उपचारको लागी जापान तथा युकेमा वस्ने नेपालीहरुले सहयोग गर्नुभएको छ।

पाल्पाको मिसन अस्पतालमा उपचार गरिरहेका दर्लामीको उपचारको लागी जापानमा रहनुहुने रेडियो सारथीका पूर्व सहकर्मि लक्ष्मी पौडेलको सक्रियतामा जापानमा संकलन भएको ६२ हजार जापानी यन (नेपाली ५९ हजार ५ सय ७५ हजार रुपैयाँ) आज किरणका वुवा मानसिंह दर्लामीलाई हस्तान्तरण गरिएको हो।
रेडियो सारथी १०७.४ मेघाहर्जको कार्यालय सामुदायीक सञ्चार भवन सारथी डाँडाबाट दर्लामीलाई रेडियो सारथीका स्टेशन म्यानेजर कमल पौडेलले सो सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो।
कार्यक्रममा सहयोग हस्तान्तरण गर्दै स्टेशन म्यानेजर पौडेलले जापान तथा युकेमा वसि सहयोग गर्ने सहयोग दाताको नाम तथा रकम जानकारी गराउँदै घाइते बालकको सवै सहयोगीहरुको तर्फवाट सिघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको थियो।
कार्यक्रममा रेडियोका लेखा अधिकृत विना थापा, समाचार सहायक देउमाया राना, प्राविधिक प्रमुख वसन्त थापा लगाएत स्थानियहरुको सहभागिता रहेको थियो।
दर्लामीको परिवार आर्थिक रुपमा विपन्न भएको र उपचारमा सहयोग गरिदिन परिवारले गरेको याचनाको रेडियो सारथीले समचार प्रकाशन तथा प्रशारण गरेको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend