logo
  • सोमबार, असोज १२ २०८३

अपडेट: अर्घाखाँची जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

दिपक खनाल, अर्घाखाँची चैत २५ ।
नुवाकोट लात्तेमाज जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ । घटनास्थलमा २ जना र उपचारका क्रममा २ गरी ४ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा प्युठानको ऐरावति गाउँपालिकाकी १४ वर्षिय मोनिका आचार्य, ऐरावतीकै ५० वर्षिय धनबहादुर राना र सन्धिखर्क नगरपालिका १२ डिर्भनाका ४ वर्षका प्रिन्स श्रेष्ठ र सन्धिखर्क १२ कै वर्ष ३० कि बिष्णुमाया श्रेष्ठको मृत्यू भएको हो ।

बिष्णुमाया श्रेष्ठ र प्रीन्स श्रेष्ठ आमा छोरा हुन् । मृतक बिष्णु श्रेष्ठलाई अर्घाखाँची ल्याउन लागीएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।

सदरमुकाम सन्धिखर्कबाट प्युठानको बरौलाका लागी छुटेको लु १ ज १२२९ नम्बरको जिप गाडी सोमबार दिउँसो करिब सवा दुई बजे दुर्घटना भएको प्रहरी नायव उपरिक्षक नवराज मल्लले जानकारी दिए । गाडी सड्कबबाट १०० मिटर तल खसेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend