साझा नेटवर्क
कमल पौडेल, बागलुङ चैत्र २५ ।
नेपाल कम्यूनिष्ट पार्टि (नेकपा) गलकोट नगरपालिकाको पूर्णता संगै संगठन विस्तार तथा पूर्नगठन कार्यक्रमले वडाहरुमा तिव्रता पाएको छ। सोमवार गल्कोट नगरपालिका भित्रका तिन ओटा वडामा एकै साथ कमिटिहरु गठन गरिएको छ ।

जसअन्तरगत वडा नं. २ नरेठाँटिमा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ। भेलाले टंक कार्किको अध्यक्षतामा २९ सदस्यिय वडा कमिटिको गठन गरेको छ। जसको सचिवमा राम वहादुर कार्कि रहनुभएको छ । कार्यक्रममा नेकपाका प्रस्तावित जिल्ला कमिटि सदस्यहरु वुल वहादुर केसि, तिलक उप्रेती, चन्द्रदत्त रेग्मी, वोम गुरुङ, गुमानसिंह बुढाथोकी, नगर कमिटि सचिव डम्बर श्रीस लगाएतको सहभागिता रहेको थियो।
कार्यक्रम होम वहादुर थापाको अध्यक्षता, राम बहादुर थापाको स्वागत मन्तव्य तथा मनोज पुनको संचालनमा सम्पन्न भएको थियो । त्यस्तै वडा नं. १ दुधिलाभाटिमा पनि वडा कमिटिको गठन गरिएको छ। तेजीन्द्र केसिको अध्यक्षतामा गठित २७ सदस्यीय कमिटिको सचिवमा तेजिन्द्र शर्मा रहनुभएको छ।
कार्यक्रम प्रस्तावित जिल्ला कमिटि सदस्य तिलक उप्रेती र गुमानसिंह वुढाथोकीले प्रशिक्षणात्मक मन्तव्य सहित सहजिकरण गर्नुभएको थियो। कार्यक्रम जिवन भण्डारीको अध्यक्षता, तेजिन्द्र शर्माको स्वागत मन्तव्य तथा भिम भण्डारीको संचालनमा सम्पन्न भएको थियो।
वडा नं. ५ मा ललीत मरासिनिको संयोजकत्वमा २९ सदस्यिय वडा संगठन कमिटिको गठन गरेको छ। जसको सचिवमा होम बहादुर वस्नेत रहनुभएको छ । कार्यक्रममा प्रस्तावित जिल्ला सदस्य डिल वहादुर परियार, नगर सदस्य सोम वहादुर थापा, वडा अध्यक्ष सुवेदार टिका वहादुर थापा, जिल्ला समन्वय समितिका सदस्य दल वहादुर थापाको विशेष उपस्थिति रहेको थियो।
यो हप्ता प्रत्येक वडामा पुग्ने र कमिटिहरु गठन गर्ने कार्यक्रम रहेको नेपाल कम्यूनिष्ट पार्टि (नेकपा) गल्कोट नगरकमिटिका सचिव डम्बर श्रीसले जानकारी दिनुभएको छ। नेकपा एमाले र एकिकृत नेकपा माओवादी केन्द्रको एकिकरण पछि पहिलो पटक कमिटिहरुले पूर्णता पाएका हुन्।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend