साझा नेटवर्क
कमल पौडेल, बागलुङ चैत्र २४ ।
सिवाईसि साकोसको १० औं स्थापना दिवसको आवसर पारेर सकारात्मक सोच सम्बन्धी उत्प्रेरणात्मक कार्यक्रम खर्वाङमा सम्पन्न भएको छ। सिवाईसि नेपालको आयोजना तथा मानव सेवा आश्रमको प्राविधिक सहयोगमा सनिवार कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा मानव सेवा आश्रमका केन्द्रिय अध्यक्ष तथा प्रशिक्षक रामजि अधिकारीले सर्वोत्कृष्ट जिवन, शास्वत चिन्तन सम्बन्धी उत्प्रेरणात्मक प्रशिक्षण दिनुभएको थियो। जिवन लाई फुल वनाएर जिउनुपर्ने भन्दै, मानिसले समाजको लागी वास्ना छर्नुपर्ने बताउनु भयो।
विभिन्न प्रसंग सहितको झण्डै २ घण्टाको कक्षामा सहभागिहरु निकै उत्साहित भएका थिए। कार्यक्रममा सिवाईसि साकोसका अध्यक्ष तथा नेफ्स्क्यूनका केन्द्रिय संचालक चण्डी प्रसाद शर्माले सभ्यताको विकासले मात्रै समृद्धि बाटो देखाउने भन्दै मानविय धर्म लाई अभिन्न अगंको रुपमा अंगिकार गर्नुपर्ने वताउनुभएको छ।
कार्यक्रममा सिवाइसि साकोस अन्तरगत बागलुङ पश्चिम तथा गुल्मीका विभिन्न क्षेत्रका सदस्यहरु, खर्वाङ आसपासका जनप्रतिनिधि, विभिन्न सामाजिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहित २ सय वढिको सहभागिता रहेको थियो।
कार्यक्रम सिवाईसि साकोस खर्वाङ शाखाका संयोजक धन वहादुर वुढाको अध्यक्षता, वुर्तिवाङ शाखाका संयोजक गण्डकी थापा अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend