logo
  • सोमबार, असोज १२ २०८३

गुल्मी महोत्सवको चौथो दिनसम्म १३ हजार टिकट विक्रि


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

हुमाकान्त पोखरेल, गुल्मी चैत्र २४ ।
गुल्मी चेम्बर अफ कमर्सको आयोजनामा यहि चैत २० गतेदेखि संचालन भइरहेको प्रथम गुल्मी साँस्कृतिक तथा पर्यटन महोत्सवमा हालसम्म १३ हजारभन्दा बढी टिकट विक्रि भएका छन् । टिकट काउन्टर संयोजक तेजेन्द्र भलामीका अनुसार चार दिनमा सोहि टिकट विक्रि भएका हुन् ।

महोत्सवमा पहिलो दिन निशुल्क प्रवेशको व्यवस्था मिलाइएको थियो । भने त्यसपछिका दिनहरुमा शसुुल्क प्रवेशको व्यवस्था गराइएको हो । महोत्सवमा विद्यार्थी र एकल महिलाको लागि ४० प्रतिशत छुट गराइएको छ । अर्थात विद्यार्थी र एकल महिला आफ्नो परिचय खुल्ने पत्रको साथमा आए ५० रुपैँया पर्ने टिकट ३० रुपैँयामै उपलब्ध गराइने भलामीले जानकारी दिए । महोत्सवमा ज्येष्ठ नागरिक, असहाय तथा अपाङ्गलाई पनि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

महोत्सवमा पहिलो चरणको नृत्य प्रतियोगिता पनि सम्पन्न भएको छ । कुल १८ समुह प्रतिस्पर्धामा रहेकोमा हालसम्म १२ वटा छनोट भएका छन् । सोमबारबाट दोस्रो चरणको प्रतियोगिता सुरु हुनेछ । दोस्रो चरणबाट ६ समुह तथा तेस्रो चरणबाट चार समुह छनोट गरिने साँस्कृतिक तथा नृत्य संयोजक सन्तु थापाले जानकारी दिए ।

तेस्रो चरणबाट छनोट भएका चार समुहमध्येबाट प्रथम, द्धितिय, तृतिय तथा सान्त्वना छनोट गरिने छ । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय तथा सान्त्वना हुनेलाई क्रमश ः ४१ हजार १११, ३१ हजार १११, २१ हजार १११ तथा ११ हजार १११ प्रदान गरिने साँस्कृतिक तथा नृत्य संयोजक थापाले जानकारी दिए ।

गुल्मीको समृद्ध आधार, संस्कृति संरक्षण एवं पर्यटन विकासमा पुर्वाधार’ भन्ने नाराका साथ प्रथम गुल्मी साँस्कृतिम महोत्सव संचालन भएको हो । महोत्सवले विशेषगरी जिल्लाको धार्मिक, व्यापारिक एवम् पर्यटकिय क्षेत्रहरुको प्रचार–प्रसार गरी आन्तरिक पर्यटक पर्वधन गर्ने लक्ष्य लिएको छ ।

महोत्सव सह–संयोजक नवराज भुसालका अनुसार महोत्वस अवधिभर कुल पाचँ करोडको कारोबार गर्ने लक्ष्य लिइएको छ । जसमध्ये ३० लाख बचत गर्ने अनुमान गरिएको पनि भुसालले बताए । बचत रकममध्ये ६० प्रतिशत सँस्थागत विकासमा खर्च गरिने र बाँकि ४० प्रतिशत सामाजिक क्षेत्रमा खर्चिने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend