logo
  • सोमबार, असोज १२ २०८३

समाजमा नैतिक शिक्षा र आचरण सिकाउन शैक्षिक महोत्सव


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

तिलाचन पाण्डे, गुल्मी चैत २४ ।
समाजमा नैतिक शिक्षा संगै आचरणमा सुधार ल्याउनका लागि भन्दै गुल्मीमा शैक्षिक महोत्सव २०७६ गरिने भएको छ । जिल्लाको रुरु गाउँपालिका वडा नं ३ झमादीमा रहेको प्रेम बिष्णुदेबि प्राथमिक बिधालयमा बैशाख ६ गतेदेखि १२ गते सम्म धनधान्याचल गीता ज्ञानबिज्ञान शैक्षिक महोत्सबको आयोजना गरिएको रुरु गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष शेषनारायण पौडेलले जानकारी दिए ।

झमादीमा प्राय दलित बस्ती रहेको र त्याहाँ चेतनाको कमी रहेको , नैतिक शिक्षा र आचरणमा सुधार ल्याउन , तालिम प्राप्त शिक्षकहरुको ब्यबस्थापन गरि गुणस्तरिय शिक्षा प्रदान गर्न र समाजमा सुधार ल्याउनका लागि शैक्षिक महोत्सब आयोजना गरिएको बिधालयले जनाएको छ ।

१ करोणको लगानी ब्याक्तिले

बुवा आमाको सम्झनामा झमादीका मदनलाल बस्याल र मेघलाल बस्यालले २०७१ सालमा बिधालयको स्थापना गरिदिए । उनीहरुले आफूहरुले सानैमा शिक्षा हासिल गर्नका लागि हिडेर टाढा टाढा सम्म जानुपरेको समस्या बताउदै अहिले बालबच्चाहरुलाई त्यसरीनै समस्या नहोस भन्नाका लागि गाउँमै बिधालयको स्थापना गरि सहजरुपमा शिक्षा हासिल गर्ने बाताबरण सृजना गरिदिएको उनीहरुले बताएका छन् ।

उनीहरुले ७ कोठे भबन , बिधालयमा कम्पाउन्ड वाल र सहित १० लाख रुपैयाँ अक्षयकोषको स्थापना समेत गरिदिएका छन् । उक्त बिधालयमा कक्षा ४ सम्म , ३३ जना बिधार्थीहरु रहेकोमा जनजाती ५ जना रहेका छन् भने २८ जना दलित छात्र , छात्रा रहेका छन् ।

उक्त बिधालयमा अहिले १ जना शिक्षकको राहत दरबन्दी रहेको छ भने १ जान बालशिक्षा सहयोगी कार्यकर्ता गाउँपालिकाले नै दरबन्दी सृजना गरिदिएको वडा अध्यक्ष पौडेलले बताए । २ जना शिक्षकहरुको तलबको ब्यबस्था बस्यालहरुले नै गरेका छन् भने बार्षिक ८० हजार रुपैयाँ गाउँपालिकाले ब्यबस्था गरिदिएको छ ।

करिब १ करोण रुपैयाँसम्म संकलन गर्ने लक्ष्य लिइएको बिधालयले जानएको छ । शैक्षिक महोत्सवमा श्री चैतन्यकृष्णको प्रमुख बाचनमा धनधान्यचल गीता ज्ञानबिज्ञान शैक्षिक महोत्सब हुने शैक्षिक महोत्सब मुल समारोह समितिले जानएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend