logo
  • सोमबार, असोज १२ २०८३

गुल्मी महोत्सवमा बैकुण्ठ महतले भने, ‘नेपालीले शान्तिको शास फेर्न पाउनु पर्छ’


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री
२४ चैत, गुल्मी । मेला महोत्सवमा प्रायःकलाकारहरुले माया प्रेमका गीत गाएर दर्शकलाई मनोरञ्जन दिने गर्दछन् । दर्शकहरुको पनि चाहना गायकले गाएर चर्चामा रहेका गीतहरु गाइदिए हुन्थ्यो भन्ने हुन्छ ।
कतिपय गीतहरु यस्ता पनि हुन्छन् जसले समाज सकरात्मक सन्देश पनि दिन्छन् । समाज परिर्वतनमा भूमिका खेल्छन् । गीत एउटा यस्तो माध्यम बनेको छ गीतले नै देशका र सुन्ने श्रोताका भित्रका मनोभावलाई बाहिर ल्याउने काम गरेको पनि छ ।

 

कलाकारहरु पनि देशको परिस्थितिलाई जस्ताको तस्तै गरि गीत ल्याउने गर्नाले पनि समाज केहि उठेका बिकृतिलाई रोक्न खबदारी गर्न मद्दत पनि गरेका हुन्छन् । कलाकारहरु धेरै ठाउँमा हुने कार्यक्रमहरुमा दर्शकहरुकै चाहना अनुसार गीतहरु गाएर मनोरञ्जन दिने गर्दछन् । गीत सुनेर मनोरञ्जनसँगै परिर्वतनका स्वरहरु पनि बेला बखतमा आउने गर्दछन् ।

 

दर्शकको भित्रि इच्छा पनि रमाला गीतहरु गाइदिए हुन्थ्यो भन्न्ने नै हुन्छ तर शनिबार गुल्मी महोत्सवमा एक गायकले फरक प्रस्तुततिबाट सुरु गरेका थिए । गुल्मी चेम्बर अफ कमर्सको आयोजनामा चैत २० गतेदेखि ३० गते सम्म सञ्चालन भइरहेको प्रथम गुल्मी सांस्कृतिक तथा पर्यटन महोत्सव एवं व्यापार मेलाको कार्यक्रममा गायिक मञ्जु पौडेल, शान्तीश्री परियारले दर्शकलाई निकै रमाइलो प्रस्तुतिमा रमाएका दर्शकलाई देशभत्तिपूर्ण गीतबाट पनि रमाइलो प्रदान गरेका थिए ।

गायिका पौडेल र परियारले आदा दर्जन गीतहरु गाएर रमाएका दर्शकहरु लोक दोहोरी क्षेत्रमा लोकप्रिय गायक बैकुण्ठ महतले सुरुमै स्टेजमा रहेका राजनितिक दलका नेताहरुलाई उठाएर अगाडी ल्याए । त्यति मात्रै होइन महोत्सवमा अतिथिमा रहेका अरु युवा नेतृत्वमा रहेका युवालाई पनि अगाडी ल्याए ।

 

उनले गीत गाउनु पूर्व नेताहरुलाई भने सामाजिक सदभाव कायम गरौं । तपाईहरु मिल्नुस जनतालाई नेपालीले शान्तीको शास फेर्न पाउनु पर्छ त्यस्तो समानको व्यवस्था तपाईहरुबाटै ल्याउनु पर्छ । महोत्सवको चौंथो दिनको कार्यक्रममा प्रमुख अतिथिीमा रहेका प्रमुख जिल्ला अधिकारी सहित बिशिष्ट अतिथिमा रहेका नेकपा गुल्मीका सचिव बुद्धि जिसी, नेपाली काँग्रेस गुल्मीका उपसभिापति बिष्णु बलाल, सुरक्षा निकायका प्रमुखहरु सहित एक दर्जन अतिथिहरुको सहभागिता थियो ।

 

गायक महतले सुरुमै नेकपा गुल्मी सचिव र नेपाली कांग्रेस गुल्मी सपभापति बलालललाई अगाडी ल्याउनुको अर्थ मेरो गीतले तपाईहरु मिलेर देश बनाउनु भन्ने सार्थकता दर्शाएको छ त्यसैले मिल्नुस देश बनाउनुस् । गायक महतको भनाइसँगै हाम्रो नेपाल, हामी नेपाली भन्ने गीतबाट उनले आफ्नो प्रस्ुतति सुरु गरे ।

माया प्रेमका गीतहरुमा रमाउने दर्शक शनिवार भने आफ्नै अधिकारको लागि गाइएको गीतमा रमाए । उनको गीतमा जनतालाई चाहिने जनतालाई शान्तिसँग बाच्न पाउनुपर्ने वातावरण र अधिकार हुनुपर्छ भन्ने सन्देस गीतमा थियो । यो नेपालमा रहेका सबै नेपाली एक हौं, सबै नेताहरु एक जुट बनौ सबैलाई शान्तीका साथ बाच्न पाउने वातावरण बनाऔं भन्ने खालका गीतहरु गाउँदै गए दर्शकले हात उठाएरै साथ दिए । कलाकार हेर्न र गीतमा रमाउन आएका दर्शकहरु उनको सन्देश मुलक गीतमा रमाए । अतिथिमा रहेका नेताहरुले हात समाए सामाजिक सदभाव कायम गरौ भन्दै साथ दिए ।

 

धेरै शब्दबाट उनले शान्तिको ‘देश युद्ध अशान्ती नगरौं, सामाजिक सदभाव कायम गरौं सबै मिलौं सबै शान्तिले बाचौ देश बनाऔं’ भन्ने भावका शब्दहरु सहित गीत गाए माया प्रेमका गीत अरु रमाइला गीतहरुमा जस्तै दर्शकले निकै चाखलाग्दो तरिकाले साथ दिए ।
उनका अन्य प्रस्तुतिमा माया प्रेमका रमाइला गीतका प्रस्तुतिहरु पनि थिए । गायक महत आफैमा सर्जक पनि हुन् । उनि झण्डै दुई दशक यता साँगीतिक क्षेत्रकमा क्रियाशिल छन् । कार्यक्रमको अन्त्यमा गायक कमल खत्रीको प्रस्तुति थियो तर प्रतिकुल मौसमका कारण उनको प्रस्तुतिका लागि अडिएका दर्शकहरुलाई पानीका कारण आशा निभाई दियो ।

 

आइतवारको कार्यक्रममा शपुपति शर्मा, मञ्जु पौडेल, उज्जवल गिरी, तिलक बस्नेत, रितु थापा, निर्मला थापा लगायतका कालाकारहरुको प्रस्तुतति रहेने छ । गुल्मीमा गुल्मी चेम्बर अफ कमर्सको आयोजनामा चैत २० गते महोत्सव सञ्चालन भएको छ ।

महोत्सव चैत्र ३० गते सम्म चल्नेछ मेलामा २३० वटा स्टल रहेका छन् । तम्घासको चिदिचौर खेल मैदानमा संचालन भएको महोसत्वमा कृषिलाई उच्च प्रथामिकता दिइएको स्टल संयोजक प्रकाश बुढाथोकीले बताए । महोत्सवमा जिल्लामा उत्पादन हुने कफी, सुन्तला, तरकारी, माहुरी, च्याउ लगायतका अरू कृषिजन्य सामग्री तथा सेरामीक्स, बाँस तथा निगालोबाट बन्ने सामग्रीहरू महोत्वमा बिशेष प्रथामिकता दिइएको महोत्सव मुल आयोजक समिति सह–संयोजक नवराज भुसालले बताए ।

जिल्लामा रहेका धार्मिक एबम पर्यटकीय स्थलहरुको अबलोकन, गुल्मी जिल्लामा उत्पादित कृषि, पशुपालनहरुको प्रर्दशन बजारीकरण र सांस्कृतिक धरोहरुको प्रवद्धनमा टेवा पुर्याउने उदेश्यले महोत्सव आयोजना गरिएको गुल्मी चेम्बर अफ कर्मशका अध्यक्ष युवराज न्यौपाने बताए । मेलामा प्रत्येक दिन ख्याति प्राप्त राष्ट्रिय,हास्य व्यग्य कलाकारहरुको प्रस्तुति रहने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend