साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी, चैत्र २३ ।
रातै टीका गलामा माला र हातमा पैसाको बिटो । मालिका गाउँपालिका ४ अर्खबाङ्गका भागीरथ अर्याल छक्क परे । उनले अहिलेसम्म दुई सय २२ किलो बोका सहकारी मार्फत बिक्रि गरे । गाउँपालिकाले २२ हजार दुई सय अनुदान दियो ।

‘बुढेशकालमा दाम, नाम दुवै पाएँ, उनले भने, आगामी दिनमा अझै काम गर्ने उर्जा मिलास् । उनको घरमा अहिले माउ र पाठापाठी गरेर २० वटा बाख्रा छन् । मालिका गाउँपालिका ६ अर्जेकी हिमा रेग्मी अर्याल पनि दुखको फल पाउँदा खुसी छन् । उनले पनि सहकारी मार्फत तीन बोका बेचिन् ।

एक सय सात किलोका बोका बेचे बापत १० हजार सात सय अनुदान प्राप्त गरिन् । ‘अल्ली पहिलेसम्म अनुदान र सहकारीकै पत्तो थिएन, भर्खर तीन वटा बोका बेचे,’उनले भनिन, उचित मुल्य र अनुदान कस्तो गज्जब । रेग्मीका घरमा अहिले सात बाख्रा छन् ।

उनले यो उर्जालाई अझै दिगो प्रभावकारी बनाए गाउँमै समृद्धि सम्भव रहेको बताइन् । मिलिजुली कृषी तथा पशु विकास महिला सहकारी संस्था लिमिटेडकी अध्यक्षले रिता पराजुली हुन् । उनले अरु दिदिबहिनीहलाई समुहमा आवद्ध र उत्साह मात्रै प्रदान गर्दिनन् । बाख्रा पनि पालेकी छन् ।

भर्खरै सहकारी मार्फत एक सय ३० किलो मासु बेचेर १२ हजार अनुदान प्राप्त गरिन् । शुक्रबार हेफर इन्टरनेशनलका कार्यक्रम निर्देशक डाक्टर तिर्थ रेग्मीको टोली र गाउँपालिका प्रमुख रित बहादुर थापा लगायतले १३ जना कृषकहरुलाई उत्पादनमा आधारित अनुदान वितरण गरेका छन् ।
गुल्मीको मालिका गाउँपालिकाले उत्पादनमा आधारित अनुदान बितरण गर्न थालेको छ । गाउँपालिकाले सहकारी मार्फत एक सय किलो भन्दा बढि खसी बोका वितरण गर्ने किसानहरुलाई प्रति किलो एक सयमा दरले अनुदानको व्यावस्था गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले बताए ।
बार्षिक १५ सय गोटा बढि लोकल कुखुराको अण्डा उत्पादन गरि सहकारी मार्फत बिक्री गर्ने किसानलाई प्रति अण्डा पाँच रुपैयाँ अनुदानको व्यावस्था गाउँपालिकाले गरेको छ । घाँसको बिउ उत्पादन गर्ने किसानलाई प्रति किलो १०, मासिक सहकारी मार्फत ५० लिटर दुघ बेचे प्रति लिटर पाँच रुपैयाँ, जग्गा भाडामा लिएर घाँसका बिरुवा उत्पादन गरे प्रति बिरुवा पाँच रुपैयाँ अनुदानको व्यावस्था गरिएको गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए ।
त्यस्तै बाख्रा पाल्ने किसानलाई खोर सुधारको लागि ५० प्रतिशत अनुदान, गोठ तथा भकारो सुधार, व्यावसायी फर्महरुलाई क्रृण, कृषी औजार वितरण, पशु विमा, कृषक भ्रमण, शिविर, औषधी तथा बिउ बितरण र परामर्श, बुंगुर, उन्नत जातका बोका र राँगा वितरण गरिएको गिरीले बताए ।
अहिले अर्जे मासुमा आत्म निर्भर बनेको छ । विस ०७२ साल पुसमा सृजनशिल सामुदायिक विकास केन्द्र मार्फत अर्जेमा हेफर परियोजना लागु भएको थियो । परियोजना मार्फत गाउँमा बाख्रा पालनको उत्साह थपियो । अहिले लगभग सवै घरमा बाख्रा पालन भइरहेको छ ।
गत असोजदेखि मात्रै ६९ वठा बोका सहकारी मार्फत तम्घास बिक्री गरिएको मिलिजुली कृषी तथा पशु विकास महिला सहकारी संस्था लिमिटेडकी अध्यक्ष रिता पराजुलीले बताइन् । अहिले अर्जेमा १३ सय ६५ माउ बाख्रा छन् । बोका र अन्य पाठापाठी गरेर २६ सय माथी बाख्रा रहेको सहकारी क्षमता विकास सहजकर्ता भरत भण्डारीले बताए ।
अर्जेका छ सय ५१ महिलाहरु सहकारीमा आवद्ध भएका छन् । अहिले एकिकृत ग्रामिण विकास समाजद्धारा दुई कलष्टरमा हेफर परियोजना दोस्रो चरण संचालन भएको छ । इस्मा गाउँपालिकाको वडा नं ३ दर्लामचौर, वडा नं ५ रजस्थल र वडा नं ६ अम्मरपुर, मालिका गाउँपालिकाको वडा नं ६ अर्जे र वडा नं ७ घमिरमा एउटा कलष्टर बनाइएको छ ।
रेसुङ्गा नगरपालिका ६ नयाँगाउँ, धुकोट गाउँपालिका वडा नं ४ जैसीथोक, वडा नं ५ वस्तु र वडा नं ६ रजस्थलमा अर्को कलष्टर मार्फत परियोजना लागु भएको समाजका कार्यकारी निर्देशक कृष्ण विश्वकर्माले बताए । सहकारी मार्फत किसानहरुलाई अनुदान वितरण गरिएको छ ।
एक वडा एक सहकारीको अभियान संचालन भएकाले बिस्तारै सवै वडाका सहकारी मार्फत अनुदान वितरण गरिने गाउँपालिका उपप्रमुख देवा अर्यालले बताइन् । उनले अहिले सहकारीमा बोका २५ केजीसम्म तीन सय २५ रुपैयाँ, २६ देखि २९ सम्म तीन सय ४५ रुपैयाँ, ३० देखि ३९ सम्म तीन सय ६५ रुपैयाँ, ४० देखि ४९ सम्म तीन सय ८५ रुपैयाँ, ५० देखि ५९ सम्म तीन सय ९५ रुपैयाँ, ६० किलोदेखि माथी चार सय १५ रुपैयाँमा बिक्री भइरहेको अर्यालले बताइन् ।
हेफर इन्टरनेशनलका कार्यक्रम निर्देशक डाक्टर तिर्थराज रेग्मीले सहकारी उत्पादनमुखी बन्नु पर्नेमा जोड दिदै हेफर मार्फत गाउँ–गाउँमा देखिएको नयाँ उर्जालाइ राज्यले दिगो रुपमा अगाडी बढाउनुपर्ने बताए । उनले कुनै ठाउँ र जिल्ला बिशेषको मात्रै नभएर समग्र देशका साढे दुई लाख परिवारमा हेफर आवद्ध भएको बताए ।
‘समाजिक रुपान्तरण, आय आर्जन र संस्थागत विकास हेफरले ग¥यो,’उनले भने,‘ अव समुदाय र राज्यले गर्ने हो ।’ जिल्लामा परियोजनाका काम र स्थानीय तहले गरेको सहयोग निकै प्रसंसनीय भएको रेग्मीले बताए ।
एकिकृत ग्रामिण विकास समाज गुल्मीका अध्यक्ष हिरा एसीले स्थानीय तहहरुले संचालन गरेको उत्पादनमा आधारित अनुदानले कृषकमा नयाँ उत्साह थपिएको बताए । उनले केहि गाउँपालिकाले यो कार्यक्रम संचालन गरिरहेको र केहि प्रक्रियामा भएकाले छिट्टै हेफरकै मोडलमा कार्यक्रमहरु अन्य स्थानमा पनि संचालन हुने बताए ।
त्यस्तै गाउँपालिका प्रमुख रित बहादुर थापाले किसानमा आएको नयाँ उर्जाले आफुलाई थप गम्भिर बनाएको बताए । उनले अर्जेबाट नयाँ चेतना र उत्हास शुरु भएकाले बिस्तारै गाउँपालिकाका वडाहरुमा पनि यो कार्यक्रम प्रभावकारी बनाउँदै लैजाने बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend