साझा नेटवर्क
कमल पौडेल, बागलुङ चैत्र २२ ।
नेपाल कम्यूनिष्ट पार्टि (नेकपा) बडिगाड गाउँपालिकाको विस्तारीत वैठक खर्वाङमा सम्पन्न भएको छ । बैठकले गुणानिधि घिमिरे अध्यक्ष तथा बसन्त थापा सचिव रहेको ७५ सदस्यिय गाउँकमिटि सर्वसम्मत टुंगो लगाएको छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टि एकतापछि पहिलो पटक बडिगाड गाउँपालिका स्तरीय कमिटिको सिफारिस गरिएको हो।

सिफारीस गरिएको कमिटिलाई प्रदेश कमिटिले अनुमोदन गर्नुपर्दछ। सो विस्तारित वैठकमा प्रदेश कमिटि सदस्यहरु फमलाल न्यूरे, मोहनलाल रेग्मी, प्रेम खरेल, सुनिल शेरचन, राजिव घिमिरे, जिल्ला संयन्त्र सदस्य तथा जिल्ला समन्वय समितिका उप-प्रमुख विष्णु भुसाल, वडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजा लगायतको सहभागिता रहेको थियो।

बैठक नेकपाका बडिगाड संयन्त्रका तिर्थमणि भुसालको अध्यक्षता, संयन्त्र सदस्य विना थापाको स्वागत मन्तव्य तथा संयन्त्र सदस्य नर वहादुर क्षेत्रीको संचालनमा सम्पन्न भएको थियो । जिल्ला कमिटिको निर्देशन अनुसार अध्यक्षमा तत्कालीन नेकपा एमालेको तर्फवाट तथा सचिवमा तत्कालिन नेकपा माओवादी केन्द्रवाट सिफारिस गरिएको हो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend