साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी चैत्र २२ ।
स्वास्थ्यकर्मीहरुले गरेको आन्दोलनका कारण बिरामी मर्कामा परेका छन् । विभिन्न मागहरु राखेर डाक्टरहरुको समुहले गरेको आन्दोलनले औषधी गराउन आएका आएका बिरामीहरु झन समस्या बोकेर घर फर्कन बाध्य भएका छन् । गुल्मी अस्पताल तम्घासमा बिहान ९ बजेदेखि नै बिरामीहरु घुँइचो देखिन्थ्यो । तर आस्पताल नखुल्ने थाहा पाएपछि बिरामीहरु तितरबितर हुँदै घर फर्कन बाध्य भएका छन् ।
‘बिहानैदेखि आएर बसेको अस्पतालको ढोका नै खुलेन ।’ गुल्मीदरबार गाउँपालिका ४ की सिता सुनारले भनिन्, ‘बाध्य भएर इमर्जेन्सीमा भर्ना हुनुप¥र्यो ।’ उनले अस्पताल जस्तो संवेदनशिल क्षेत्र बन्द गरेर डाक्टरहरु आन्दोलनमा उत्रनु दुखद कुरा भएको बताइन् ।
छोरी बिरामी भएर अस्पताल आएकी धुर्कोट गाउँपालिका ४ की पवित्रा पोखरेलले पनि अस्पताल बन्द हुनु निकै दुखद भएको बताईन् । ‘हामिले तिरेको करबाटै तलब खाने, त्यसैबाट आन्दोलन गर्ने ?’ उनले भनिन्, ‘झगडा माथिका गर्छन, दुख सर्वसाधारणले भोग्नुपर्छ ।
सरकारले बिहिबारमात्रै अत्यावश्यक क्षेत्रमा हड्ताल गर्न रोक लगाएपनि त्यसलाई उल्लघंन गर्दै डाक्टरहरु आन्दोलनमा उत्रिएका हुन् । यससम्बन्धमा तम्घास अस्पतालका प्रमुख डाक्टर उत्तम पाच्याले आफुहरुको हक–हितको लागि आन्दोलन गरेको बताए ।
सरकारले डाक्टरहरुको उचित किसिमबाट नगरेकोले समायोजन प्रक्रिया सच्याउनको लागि आफुहरुले आन्दोलन गरेको जानकारी दिए । ‘डाक्टर पनि मान्छे हो, मन खुसि भए पो राम्रोसँग बिरामी जाँच गर्न मन लाग्छ ।’ उनले भने ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend