logo
  • शुक्रबार, असोज ९ २०८३

मालीका इंग्लिश बोर्डिंग स्कुल द्वारा परिक्षाफल सार्वजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिश शर्मा गैरे, गुल्मी आषाढ २८।
मालीका ईग्लिस बोर्डिँग सेकेन्डरी स्कुल वामीमा सम्पन्न भएको प्रथम त्रेमासिक परिक्षाको आज नतिजा सार्वजनिक गरिएको छ ।

आज अभिभाबहक, शिक्षक, बिद्यार्थीहरुको उपस्थितीमा एक कार्यक्रमको आयोजना गरि नतिजा सार्वजनिक गरिनुका साथै बिद्यालयमा सम्पन्न अतिरिक्त कार्यक्रमहरु बिजेताहरुलाई पनि सम्मान सहित पुरस्कार बितरण गरिएको छ । आज प्रकाशित नतिजाका उत्कृष्ट बिद्यार्थीहरुलाई पनि पुरस्कृत गरिएको छ ।

बिद्यालय ब्यबस्थापन समितिका सदस्य अमर मल्लको अध्यक्षता रहेको कार्यक्रममा बिद्यालयका प्रिन्सिपल पुस्तकलाल श्रेष्ठको आतिथ्यता रहेको थियो । कार्यक्रममा बिदार्थीहरुको अभिभाहकहरुको बिशेष उपस्थिती रहेको थियो । भने कार्यक्रममा अतिथि तथा बिद्यालयका प्रद्यानाध्यापक श्रेष्ठले मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रममा बिद्यार्थीहरुले आफ्ना आफ्ना साँगीतिक प्रस्तुती देखाएका थिए भने कक्षा ५ मा पढ्ने बिद्यार्थी एलिस थापाले हास्यँ ब्यंग्य प्रस्तुत गरेर सबैलाई हसाँएका थिए ।कार्यक्रमको सञ्चालन बिद्यालयका शिक्षक बिमल सापकोटाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend