साझा नेटवर्क
चक्र चन्द, चैत्र २२ ।
सामाजिक कुरीति र भेदभाव विरुद्धको कथावस्तु समेटिएको ‘शंख’ नामक गीति एल्बम सार्वजनिक गरिएको छ । मनसुन क्रियसन मार्फत बजारमा आएको यो गितमा पछिल्लो समयका लोकप्रिय मोडल प्रकास सापकोटाले शब्द संयोजन गरेका छन् भने संगीत रिजन थापा मगरको रहेको छ ।

गीतमा सामाजिक कुरिति-कुसंस्कार,विकृति र विसंगति तथा सामाजिक भेदभावलाई जस्ताको तस्तै पर्दामा देखाईएको छ । समाजमा तल्लो जात र माथिल्लो जात,धनि र गरिब बीच गरिदै आएको विभेद अनि गाउँका ठूला ठाला भनाँउदा र धनाढ्य कहलाउनेहरुले हेप्ने,छुवाछुतको भुमरीमा पिल्साएर गरीबलाई आफ्नो पैतालाको धुलो जस्तै सम्झने चलन अझै पनि सामाजमा व्यक्त छ भनेर गीतमा छर्लङ्ग देखाईएको छ ।
रिजन थापा मगरको उत्कृष्ट संगीत रहेको गीतलाई देवी घर्ती तथा रिजन थापामगरले स्वर दिएका छन् । गीतलाई बासु बरालले छायांकन गरेका हुन् भने यस गीतमा प्रकाश सापकोटा,सिमा ढकाल,जिरे खुर्सानीमा ख्याती कमाएकी कलाकार सविता गुरुङ तथा बाल कलाकारको रुपमा कृष श्रेष्ठले दमदार अभिनय गरेका छन् ।
मनसुन क्रियशनको प्रस्तुति रहेको यस गीतलाई काभ्रे जिल्लाको सुब्बा गाउँमा छायांकन गरिएको हो । यस गीतलाई श्याम कुँवरले सम्पादन गरेका छन् भने गीको कथावस्तु तथा निर्देशन चलचित्र निर्देशक तथा कोरियोग्राफर देवेन्द्र पाण्डेले गरेका हुन् । गीतलाई मनसुन क्रियसनको युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।
गीति कथाको रुपमा प्रस्तुत गरिएको यो गीतलाई सानो पर्दाको ‘छोटो चलचित्र’ भन्दा पनि फरक नपर्ने र ग्रामीण समाजको यथार्थ घटनालाई काल्पनिक रुपमा जस्ताको तस्तै उतारेको यस गीतका संगीतकार रिजन थापा मगरले बताए । समाजको यथार्थ घटनालाई जस्ताको तस्तै उतारिएको र गीतले मागेका सबै कुराहरु प्रस्तुत गरिएकोले गीतलाई दर्शकले रुचाउने कुरा गीतका निर्देशक देवेन्द्र पाण्डेले बताए । गीत सफल बनोस हाम्रो पनि शुभकामना ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend