साझा नेटवर्क
साझा नेटवर्क, बुटवल चैत्र २०।
सामाजिक बिकृति विसंगतिलाइ व्यंग्य प्रहार गर्दै तयार पारिएको फरक अनि अत्यन्तै रमाइलो गीत “टिकटकले बिगार्यो ” भर्खरै मात्रै सार्बजनिक भएको छ।
देवी घर्ति, समिर बिष्णु खत्री को स्वरमा रहेको गीतको दृश्य निर्माण अविरल फिल्म्सले गरेको छ भने बिष्णु भट्टराईको निर्देशन रहेको छ , चर्चित हास्य कलाकार सरापे, बिमली, शितल र अर्जुन कुँवर को ससक्त अभिनय देख्न सकिन्छ भने बाल कलामारमा अविरल भट्टराई र अमृता पौडेललाइ समेत देख्न सकिन्छ।
योग्सना डिजिटलको प्रस्तुति रहेको गीतको प्रस्तुतकर्ता नारायण प्रसाद अर्याल र समिर बिष्णु खत्री रहेका छन् । सगुन शर्माको श्रीन्गार रहेको सो भिडियोमा सामाजिक संजाल जस्तै फेसबुक, भाइबर,इमो ,टिकटकको कारण बिकृति विसंगती भित्रिएका कुराहरुलाई तिखो प्रहार गरिएको छ ।
हेरौ सार्बजनिक भिडियो
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend