logo
  • सोमबार, असोज १२ २०८३

गुल्मी महोत्सवमा किन आएन बाणिज्य संघ


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

हुमाकान्त पोखरेल, गुल्मी चैत्र २०।
आज बुधबार प्रथम गुल्मी साँस्कृतिक महोत्सवको गुल्मी सदरमुकाम तम्घासमा उद्घाटन भयो । सदरमुकाम तम्घास लगायतका थुप्रै स्थानबाट सहभागि पनि आए ।

सबैजसो स्थानीय तह, व्यवसायी लगायतले स्टल राखिसकेका छन् । चेम्बर अफ कमर्सको मुख्य आयोजनामा सम्पन्न हुन लागको प्रथम गुल्मी साँस्कृतिक महोत्सवमा विभिन्न सामाजिक संघ सँस्था, सरकारी तथा गैरसरकारी कार्यालय लगायतले उपस्थिति जनाए । व्यवसायीक हक–हित र जिल्लाको समग्र्र विकासको लागि महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ । तर यसमा व्यापारिहरुकै अर्को सँस्था गुल्मी उद्योग बाणिज्य संघले भने आफ्नो उपस्थिति जनाएन ।

जसले गर्दा जिल्लाका व्यापारिहरु दुई कित्तामा विभाजित भएका छन् । कार्यक्रममा बोल्ने अधिकाशं वक्ताले चेम्बर अफ कमर्सकै बारेमा व्याख्या गरे । नेकपा सचिव बुद्धि जिसीले महोत्सव आयोजक संस्था व्यापारिहरुकै हितको लागि भएको बताउदैँमा अधिकाशं समय व्यतित गरे । यस्तो कार्यक्रममा अन्य संस्थाको भन्दा बाणिज्य संघको बढी महत्वपूर्ण भुमिका रहन्छ । तर सोहि बाणिज्य संघ नै कार्यक्रममा उपस्थित नहुँदा सर्वसाधारण तथा व्यापारिमा अन्योलता छाएको व्यापारी धर्म विश्वकर्माको भनाई छ । ‘बाणिज्य संघमा राजनीतिक रङ देखिएको छ, जुन राम्रो संकेत होइन ।

’ उनले भने, ‘जिल्लाका व्यापारीक संघ–संगठनहरु मिलेर जानुपर्ने हो, त्यो देखिएन ।’ उनले आगामी दिनमा बाणिज्य संघले महोत्सव गर्दा पनि व्यापारिहरु विभाजित हुने डर रहेको बताए । कार्यक्रम आयोजक मुल समिति संयोजक नवराज भुसालले बाणिज्य संघको उपस्थिति नहुँनु उसकै लागि घाटाको विषय हुने प्रतिक्रिया दिए । ‘हामिले निम्ता गरेकै हो, तर सिंगो बाणिज्य संघले हामिप्रति प्रतिशोध साँध्यो ।’ उनले भने, ‘व्यवसायिक हक–हितकै लागि खोलिएको सँस्थाले गरेको कार्यक्रममा नआउनुमा हाम्रो केहि गुनासो छैन ।’ त्यसका साथै उनले चेम्बर अफ कमर्स व्यापारिक हितकै लागि स्थापना गरिएकोले यसको महत्व बुझ्न उनले आग्रह गरे ।

महोत्सवको रकम सामाजिक क्षेत्रमा लगाइने भएकोले पनि यो महोत्सव समग्र गुल्मेलीको गौरवको बिषय भएको उनको भनाई छ । यससम्बन्धमा उद्योण बाणिज्य संघका नवनिर्वाचित अध्यक्ष श्रीप्रसाद भलामीले चेम्बर अफ कमर्सले आफुहरुसँग कुनै समन्वय नै नगरेकोले कार्यक्रममा सहभागिता नजनाएको प्रतिक्रिया दिए । ‘बाणिज्य संघले महोत्सव गर्दा सबैसँग समन्वय गथ्र्यो, तर अहिले चेम्बरले समन्वय गरेन ।

’ भलामीले भने, ‘एक्कासी अतिथिको लागि चिठ्ठि आएपछि हामि कसरी जाने ?’ त्यसका साथै केहि समय पहिला व्यापारिहरुको भेलाले पनि महोत्सवमा बाणिज्य संघले उपस्थिति नजनाउने भनेकोले पनि आफुहरु नगएको उनले प्रष्ट पारे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend