logo
  • सोमबार, असोज १२ २०८३

जलेर घाइते भएको बालक बचाउँन परिवारको याचना, बालकको पाल्पामा उपचार हुँदै


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कमल पौडेल,बागलुङ चैत्र १९ ।
शरिरको तल्लोभाग जलेका ८ वर्षिय किरण दर्लामीको उपचारमा आर्थिक अभाव भएको भन्दै परिवारले सवैलाई सहयोग गरिदिन याचना गरेको छ।
बडिगाड गाउँपालिका वडा नं. ४ नैतुल घर भई हाल बडिगाड गाउँपालिका वडा नं. २ खर्वाङमा ज्याला मजदुरी गर्दै वसोवास गर्ने मानसिंह दर्लामीले आफ्नो छोरा वचाइदिन आग्रह गर्नुभएको हो। रेडियो सारथी संग गुहार माग्न आएको भन्दै ५३ वर्षिय दर्लामीले भन्नुभयो “मैले केहि जानेको छैन, बुढेसकालको छोरो बँचाइदिनुपर्यो, यहाँ आएपछि केहि उपाय लाग्ने सुनेर आएको छु”। हाल पाल्पाको मिसन अस्पतालमा उपचाररत दर्लामीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेकोे छ।

अस्पतालमा रहेकी आमा तुल कुमारी दर्लामीले भन्नुभयो – “डाक्टरले सञ्चो हुन्छ त भनेका छन् तर पैसा छैन अस्ती २० हजार धरौटि राख्ने पैसा नभएपछि गाउँलेले उठाएर दिएको पैसाले भर्ना गरेको हो, अव फेरी कती भन्ने हुन्, मेरो छोरो बँचाइदिनुपर्यो”। यहिँ चैत्र १४ गते साथीहरु संग खेल्ने क्रममा उनको कपडामा आगो सल्किएको थियो, आगो सल्किएपछि भाग्ने क्रममा शरिरको भाग जलेको स्थानियले बताएका छन्। शरिरको तल्लोभागको करिव १३ प्रतिशत भाग जलेको र त्यसको पूर्ण सुधार हुन झण्डै डेढ महिना वढि लाग्ने उपचारमा संलग्न चिकित्सकले वताएका छन्। अहिले मुत्रनलीलाई पाइपको माध्ययमबाट सुचारु गरिएको र थप अपरेशनको तयारी भएको अस्पताल श्रोतले जानकारी दिएको छ।

आर्थिक अवस्था निकै कमजोर भएकोले आफ्नो कक्षा २ मा पढ्ने विद्यार्थीलाई सहयोग गरिदिन सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक यादुलाल खरेलले आग्रह गर्नुभएको छ। बडिगाड गाउँपालिकाले तत्काल केहि राहत रकम प्रदान गर्ने निर्णय गरेको वडा नं. ३ का अध्यक्ष खड्क पुनले जानकारी दिनुभएको छ। कक्षा २ मा पढ्ने ८ वर्षिय दर्लामी ४ दिदिहरु पछिका कान्छा छोरा हुन्। दर्लामीको उपचारको लागी पहिलो पटक चाहिने धरौटि सहित यातायात खर्च समेत खर्वाङ, हाँडिखोला क्षेत्रका स्थानियले संकलन गरि पठाएको थिए। यसैविच दर्लामीको उपचारको लागी सहयोगीहातहरुको लागी रेडियो सारथी माध्ययम बन्ने भएको छ।

रेडियोले सहयोग गर्न चाहने महानुभावलाई रेडियोको प्रशारक संस्था सारथी सुचना तथा संचार सहकारी संस्था लिमिटेडको ग्लोवल बैंक वामी टक्सारमा रहेको खाता नं. ७२०१०१००००३४३ मा रकम जम्मा गर्न आग्रह गरेको छ। यसरी जम्मा भएको रकम पिडितलाई हस्तान्तरण गर्ने र सहयोग गर्ने दाता तथा हस्तान्तरण भएको रकमको विवरण रेडियो तथा सामाजिक संजालवाट सार्वजनिक गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend