साझा नेटवर्क
तिलाचन पाण्डे, गुल्मी चैत्र १९ ।
जिल्ला ट्राफिक प्रहरी कार्यलय गुल्मीले एसइई दिएका बिधार्थीहरुलाई ट्राफिक संबन्धी प्रशिक्षण दिएको छ। सोमबार एसइई सकेका बिधार्थीहरुलाई लक्षित गरी ज्ञान दिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय गुल्मीका प्रमुख पृथ्बीनारायण काफ्लेले जानकारी दिनुभयो ।
गुल्मी जिल्लाका १२ वटै स्थानीय तहहरुका केन्द्रमा करिब २ हजार बिधार्थीहरुलाई ट्राफिक संबन्धी ज्ञान सिकाईएको काफलेले दाबी गर्नुभयो । भर्खर एसइई दिएका बिधार्थीहरु बिस्तारै शहरतिर प्रबेश गर्ने भएका र उनीहरुले सवारी चलाउन सिक्ने भएकाले पनि यो कार्यक्रम प्रभाबकारी भएको कार्यलयले दाबी गरेको छ ।
बिधार्थीहरु बिस्तारै शहरतिर जाने र उनीहरुलाई ट्राफिक ज्ञान संबन्धी जानकारी पनि नहुने भएकाले पनि यसरी ट्राफिक संबन्धी ज्ञान दिएको र जनधनको सुरक्षाका निम्ति पनि यो कार्यक्रम फलदायी भएको बिधार्थीहरुले बताएका छन् ।



© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend