साझा नेटवर्क
कमल पौडेल, बागलुङ चैत्र १८ ।
बडिगाड गाउँपालिकाको वडा नं. ४ जलजलामा स्थानिय तिन सय ५६ जना कृषकहरुलाई १५ क्वीन्टल मकैको विउ वितरण गरिएको छ। प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजना अन्तरगत भूमि व्यावस्थापन तथा सहकारी मन्त्रालय गण्डकि प्रदेश वाट बडिगाड गाउँपालिका मार्फत प्राप्त ५० प्रतिशत अनुदानमा मनकामना ३ जातको मकैको विउ वितरण गरिएको हो।
जलजलालाई मकै पकेट क्षेत्रको रुपमा विकास गरि अर्को वर्ष ५० क्वीन्टल विउ निर्यात गर्ने लक्ष्य सहित काम सुरु गरिएको मकैपकेट क्षेत्र संचालन समिति जलजलाका अध्यक्ष झविन्द्र वुढाथोकीले जानकारी दिनुभएको छ। कृषि ज्ञान केन्द्र पर्वतको सिफरिसमा जिल्लाकै जैमिनि नगरपालिका वडा नं. १० वाट सो विउ झिकाइ वितरण गरिएको वुढाथोकीले जानकारी दिनुभएको छ।
साविक जलजला गाविसको वडा नं. १ देखि ५ सम्म को क्षेत्रमा सिमा किटान गरि सो कार्यक्रम संचालन गरिएको अध्यक्ष वुढाथोकीले वताउनु भएको छ। मकैपकेट क्षेत्रको लागि विनियोजित १० लाख रुपैयाँ मध्ये झण्डै ९० हजारको विउ आएको र वाँकी रकमको मकै खेति संग सम्बन्धित औजार खरिद गरिने वताइएको छ।
यसै विच गत वर्ष बडिगाड गाउँपालिकाको आर्थिक सहयोगमा मकैपकेट क्षेत्र घोषणा गरिएको बडिगाड गाउँपालिका वडा नं. १ दगातुन्डाडावाट २० क्वीन्टल विउ निर्यात गर्न सकिने भएको छ। दगातुन्डाडा कृषि समुहका अध्यक्ष भिमसेन वनका अनुसार यस वर्ष १५ क्विन्टल मनकामना ३ र ५ क्वीन्टल देउकी जातको मकैको विउ विक्रि गर्ने गरि तयारी गरिएको छ।
गत वर्ष ५ सय ४० केजि मुल विउ रोपिएको दगातुन्डाडा क्षेत्रमा यस वर्ष ८ क्वीन्टल मुल विउ रोप्ने तयारी गरिएको छ। दगातुन्डाडा क्षेत्रलाई ४ ओटा क्लष्टरमा विभाजन गरि ३ कलष्टरमा मनकामना ३ र एक कलष्टरमा देउती जातको विउ रोपिने र विउको शुद्धतालाई निकै ध्यान दिएको अध्यक्ष वनले जानकारी दिनुभएको छ।
ठूलो दाना सहित धेरै फल्ने देउती जातको मकै १५ सय मिटरसम्मको उचाइमा लगाउन सकिन्छ भने मनकामना ३ उच्च पहाडि क्षेत्रमा समेत उत्पादन गर्न सकिन्छ। बडिगाड क्षेत्रलाई मकैमा आत्मनिर्भर गराउँदै निर्यात गर्न सक्ने वनाउने भन्दै गत वर्ष गाउँपालिकाकै सहयोगमा मकैपकेट क्षेत्र घोषणा गरिएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend