साझा नेटवर्क
तिलाचन पाण्डे, गुल्मी चैत १८ ।
२०७२ साल बैशाख १२ मा गएको भुकम्पका कारण भुकम्प पीडितहरुका लागि आवास निर्माण गर्न सरकारले तीन लाख रुपैँया दिने निर्णण गरेसंगै लाभग्राहीहरुको सुचिमा पर्ने पीडितहरुमा एकरुपता लउनका लागि तालिम दिईएकाने छ ।

पहँचका आधारमा लाभग्राहीहरुको सुचिमा परेको गुनासो आईराखेका बेलामा स्थानीय तहमा खटिने सर्बेक्षकहरुलाई दूई दिने तालिम दिईएको छ । राष्ट्रिय पुन निर्माण प्राधिकरण अनुदान ब्यबस्थापन तथा पुर्वाधार कार्यलय गुल्मीले गुल्मी जिल्लाका १२ वटै स्थानीय तहमा खटिएका सर्बेक्षकहरुलाई सबै स्थानीय तहको कार्यमा एकरुपता ल्याउनका लागि तालिम आयोजना गरिएको कार्यलय प्रमुख ईन्जिनियर पारस पन्थीले जानकारी दिनुभयो ।

पन्थीका अनुसार छुट तथा पुन: जाँच सर्भेक्षण कार्यमा खटिने सर्भेक्षकहरुलाई बास्तबिक भुकम्प पीडितहरु छुटेको हुँदा र गुनासोहरुलाई एकै साथ सम्बोधन गरिने भएकाले कार्यमा एकरुपताका साथ लाग्न र कसैको दबाममा नपरि कार्य गर्नका लागि तालिम दिईएको जानकारी दिनुभयो ।
यता गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले कार्यमा खटिने सर्भेक्षकहरुका लागि सुरक्षामा कुनै समस्या नहुने भन्दै कार्यमा लाग्न निर्देशन दिनुभयो । पौडेलले २०७२ सालमा भन्दा अहिले कार्यगर्न सहज भएको भन्दै मापदण्डलाई आधार बनाई कसैको लोभ र लालचमा नपरि कार्य गर्नका लागि आग्रह गर्नुभएको हो ।
जिल्ला समन्वय समिति गुल्मीका सदस्य राममल्ल ठकुरीले आस्था र राजनीतिको आधारमा नभई बास्तबिक भुकम्प पीडितहरुलाई अझ पीडित बनाउने कार्यमा नलाग्न आग्रह गर्दै गुल्मी जिल्लाका १२ वटै स्थानीय तहको कार्यमा एकरुपता ल्याउने गरि सर्भेक्षकहरुलाई आग्रह गर्नुभयो ।
तालिममा सिकेका बिषयबस्तुहरुलाई ब्यबहारमा लागु गर्न र बास्तबिक भुकम्प पीडितहरु नछुटाउन भन्दै कसैलाई काखा र कसैलाई पाखा नगरि कार्यमा एकरुपता ल्याउन र गुल्मी जिल्लामा भुकम्पका समस्याहरु नभएको जिल्ला बनाउने गरि कार्य गर्न कार्यबाहक जिल्ला समन्वय अधिकारी चोलराज शर्मा र कार्यबाहक जिल्ला समन्वय प्रमुख तुल्सी श्रेष्ठले आग्रह गर्नुभएको थियो ।
तालिममा सिकेका ज्ञानहरुलाई ब्यबहारमा नै लागुगर्ने र काममा एकरुपता ल्याउने १२ वटै स्थानीय तहका सर्बेक्षकहरुले प्रतिबद्धता ब्याक्त गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend