साझा नेटवर्क
वीरगञ्ज, चैत १७ ।
बारामा आइतबार साँझ परेको वर्षासँगै आएको हावाहुरीका कारण ठूलो धनजनको क्षति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका अनुसार अहिलेसम्म २५ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ४०० बढी घाइते भएका छन् ।

प्रधानमन्त्री ओलीले उद्दारमा जुट्न र उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन् । हावाहुरीले सबैभन्दा ठूलो क्षति बाराको भरवलीयामा भएको छ । राति करीब ८ बजेतिर वर्षासँगै चलेको हावाहुरीका कारण बिद्युतको पोल ढलेको थियो ।

यसले धेरै मानवीय क्षति गराएको छ । अहिले पनि उद्दार कार्य जारी छ । हावाहुरीको प्रभाव भलुही, पुरैनिया परसौन, बिजवनिया लगाइतका स्थानमा देखिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख सानुराम भटटराइले जानकारी दिए । रातिको समय भएकाले एम्बुलेन्सको अभाव् भएको र सडकमा रुख ढलेकाले उद्धारमा कठिनाइ भएको बताइएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend