logo
  • शनिबार, असोज १० २०८३

निर्मला पन्तका हत्यारा वालुवाटार र सिंहदरवारमा काँग्रेस केन्द्रीय सदस्य डा.संग्रौला


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

साझा नेटवर्क, अर्घाखाँची चैत्र १७ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले निर्मला पन्तका हत्यारा वालुवाटार र सिंहदरवारमा रहेको बताउनु भएको छ । उहाले निर्मलाका हत्यारालाइ मुलुकका प्रधानमन्त्री र गृहमन्त्रीले लुकाएको बताउनु भयो ।

नेपाली कांग्रेस अर्घाखाँचीले विपि स्मृति भवन सन्धिखर्कमा गरेको कार्यक्रममा मन्तब्य राख्दै नेतृ संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद नक्कली भएको बताउनु भयो । तत्कालीन माओवादीले गरेको सशत्र १० वर्षे द्धन्द्धमा पनि साम्य पार्न सेना परिचालन भएका थिए, दवाएर तस्साएर हुदैँन, अहिलेका कम्युनिष्टलाई गिरीजाप्रसाद कोईरालाले बार्ता गरी १२ बुदे सम्झौता गरी सहमतिमा ल्याएको भन्दै अहिलेका विप्लव समुहलाई वार्ता गर्नुको साट्टो प्रतिवन्द्ध लगाउँनु फेरी देश द्धन्द्ध तर्फ जान लागेको उहाको भनाइ छ ।

कार्यक्रम नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु प्रसाद खनाल (मुस्कान) को अध्यक्षता, उपसभापति शान्ता भण्डारीको स्वागत मन्तब्य र सचिव छविलाल पौडेललको सञ्चालनमा सम्पन्न भएको हो । यस्तै नेपाल प्रेस युनियन अर्घाखाँची शाखाले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा उहाले नेपाली काँग्रेस संविधानको कार्यान्वयन गर्ने पक्षमा लागेको बताउनु भयो ।

उहाले यही संघीय लोकतान्त्रीक संविधानलाई टेकेर सरकारमा जाने, दुईतिहाईको सरकार हो, भन्दैमा संविधानको उल्लङघन गर्ने अधिकार सरकारलाई नरहेको बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend