साझा नेटवर्क
गुल्मी, चैत १६ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले मुलुकका प्रधानमन्त्री केपी ओलीलाई काँग्रेसको चिन्ता नलिन आग्रह गरेका छन् । नेपाली काँग्रेस गुल्मीले तम्घासमा आजदेखी सुरु गरेको ऐतिहाासिक प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता भण्डारीले सरकार पुर्ण रुपमा असफल भएको आरोप लगाए ।
उनले कठै बरा केपी ओली जी तपाई काँग्रेसको चिन्ता लिन पदैँन, सरकारको चिन्ता लिनुस । जनता गरिव हुने, सिमित मान्छे मोटाएको मोटाई गर्ने के देश हो यो उनले प्रश्न गरे ।

देश कहाँ जादैँ छ, निर्मला हत्याको हत्यारा पत्ता लगाउँन नसक्नु, सिन्डीकेड काण्ड, वाईडवोडी काण्ड, एसईईका प्रश्न सुरक्षित गर्न नसक्ने त्यो सरकारले कठै बरा काँग्रेस ९९ बाट २ मा जान्छ, भन्नु त्यो सरकार फेल भईसक्यो । अवको चुनावपछि दुई तिहाई काँग्रेसको आउँछ, भण्डारीले भने ।

उनले एसईईको परिक्षाका प्रश्नपत्र नै सुरक्षित राख्न सक्दैन, त्यो सरकारले काँग्रेसको आलोचना गर्न पदैँन । पश्नपत्र नै सुरक्षित गर्न नसक्ने सरकार पुर्ण रुपमा असफल भयो, भण्डारीले भने । उनले गुल्मीको समृद्धि र विकासका लागी काँग्रेसले मात्र विकास गर्न नसक्ने बताए । जिल्लाबाट दुई जना मन्त्री भएपनि विकास निमार्णमा कुनै काम नगरेको उनले बताए ।

पाचँ नम्बर प्रदेश टुक्रीन हुदैँन भनेर ५१ दिनसम्म आन्दोलन गर्ने जिल्ला गुल्मी हो, उनले सिद्धवावा क्षेत्रको विकासका लागी लाग्न पार्टी सभापती शेरबहादुर देउँवालाई आग्रह गरे । गुल्मी जिल्लाको विकासका लागी काँग्रेसको मात्र भुमिका महत्वपुर्ण रहेको बताउँदै गुल्मीलाई नमुना जिल्ला बनाउँने अभियानमा लागेको बताए ।
गुल्मी जिल्लाले प्रजातन्त्र र लोकतन्त्र ल्याउँनका लागी धेरै सहिदहरुले वलिदान दिएको जिल्ला गुल्मी रहेको बताए । जसको देशको नमुना जिल्ला बनाउँन सुरु गर्छ, नमुना पुल, नयाँ बाटा, खानेपानी ल्याउँनेले हार्छ, उनले भने ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend