logo
  • सोमबार, असोज १२ २०८३

बडिगाडमा सार्वजनिक सुनुवाई सम्पन्न,दोश्रो चौमासिक सम्म ३५ प्रतिशत विकास वजेट खर्च


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कमल पौडेल,बागलुङ चैत्र १५ । बडिगाड गाउँपालिकाको चालु आव २०७५÷७६ को दोश्रो चौमासिक सम्मको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। बुधवार गाउँपालिकाको कार्यालय प्राङ्गण खार वजारमा रेडियो सारथीको आयोजनामासो कार्यक्रम सम्पन्न भएको हो। बडिगाड गाउँपालिकामा चालु आव को दोस्रो चौमासिक सम्म झण्डै ३५ प्रतिशत पुँजीगत खर्च भएको देखिएको छ।

१६ करोड ६६ लाख ३६ हजार कुल पुँजीगत वजेट विनियोजन भएकोमा हाल सम्म ४ करोड ८७ लाख ७९ हजार ७ सय २२ खर्च भएको सार्वजनिक गरिएको छ। आन्तरीक आय तर्फ बडिगाड गाउँपालिकाले चालु वर्षमा हालसम्म १६ लाख ३५ हजार ६ सय ३८ रुपैयाँ आम्दानी गरेको छ। वढि आम्दानी गर्ने वडा कार्यालयमा वडा नं. ५ ग्वालीचौर र वडा नं. २ खर्वाङ रहेको देखिएको छ भने वडा नं. ३ शिसाखानीको कुनै पनि आम्दानी देखिएको छैन। सार्वजनिक सेवा प्रवाह तर्फ गाउँपालिकामा कुल ३९ जनाको दरवन्दि भएपनि १३ जनामात्रै कर्मचारी रहेको र कर्मचारी समायोजन पछि थप संकट उत्पन्न हुने देखिएको छ। बडिगाड गाउँपालिका बाट चालु वर्षको दोश्रो चौमासिक सम्म ४३ परिवारले वसाईसराई गरेको देखिएको छ भने ६ जनाले सम्बन्ध विच्छेद गरेका छन् यद्यपी यस सम्बन्धमा वडा नं. ३ शिसाखानी, वडा नं. ४ जलजला र वडा नं. ५ ग्वालीचौरले कुनै विबरण दिन सकेका छैनन्। त्यसकारण यो विवरण अझैवढ्न सक्ने देखिन्छ।

पूर्वाधार विकास तर्फ वडिगाड गाउँपालिकामा ३ सय ४ ओटा योजना रहेका छन् जस मध्य २ सय ८४ योजना सम्झौता भएको ६५ योजनाले पेश्की लिएर काम गरिरहेको र ४९ योजना फरफारक समेत भएको प्रमुख प्रशासकिय अधिकृत प्रदिपचन्द्र सुवेदीले जानकारी दिनुभएको छ। गाउँपालिकाको शिसाखानीमा पहिलो पटक मोटर पुगेको छ। गाउँपालिकाले अल्पकालिन तथा दिर्घकालिन निति योजना र कार्यक्रमलाई प्रभावकारी बनाउनको लागि पञ्चवर्षिय आवधिक योजनाको तर्जुमा गर्न तयारी गरेको छ। गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका विषयहरुमा ३१ ओटा कानुनहरु निर्माण गरेको छ। जसअन्तर्गत १३ ओटा ऐन, ३ ओटा नियमावली, १३ ओटा कार्यविधि, र २ ओटा निर्देशिकाहरु रहेका छन्।

कृषि तथा पशुविकास तर्फ चालु वर्षमा गाउँपालिका क्षेत्रमा १५ ओटा कृषक समुहहरु गठन गरिएको छ। गाउँपालिकाले विपद् व्यावस्थापनपनि प्रतिवद्धता जनाएको छ। यस वर्ष गाउँपालिका भित्रका २४ जनालाई ३ लाख १९ हजार वितरण गरेको जनाएको छ। गाउँपालिकाले बडिगाडका संभावनाका क्षेत्रहरु पहिचान गरेको छ। जसअन्तर्गत पहिलो नम्वरमा कृषि तथा पशुपालन रहेको र अन्यमा खानी तथा उद्योग, बन, पर्यटन, जलश्रोत, प्राविधिक, शिक्षा तथा अनुसन्धान केन्द्र रहेको गाउँपालिका अध्यक्ष मेयरसिंह पाइजाले बताउनु भएको छ।

सार्वजनिक सुनुवाईमा वडा नं. ३ शिसाखानी का पूर्व गाविस अध्यक्ष समेत रहनुभएका डिल वहादुर पुन, वडा नं. ९ दर्लिङका ललित वहादुर केसि, वडा नं. १ तुन्डाडाका वेलु गिरि, वडा नं. ४ जलजलाका तिलक छन्त्याल, वडा नं. ४ कै गणेश कुमार थापा, वडा नं. १ का दिनेश थापा, वडा नं. ३ का धन प्रसाद शेरचन, वडा नं. ८ खोलाखर्कका दल वहादुर श्रीस, शिसाखानीका नर वहादुर परटेल, जलजलाका झविन्द्र वुढाथोकी, संजय श्रीस, वडा नं. ७ भिमगिठेका दिनेश शर्मा, भिमगिठे कै जित वहादुर थापा, सुमित्रा घिमिरे, जगिराम काउचा, वडा नं. २ का गोकुल गिरि, वडा नं. १ का करविर श्रीस, वडा नं. ५ ग्वालीचौरका कमल प्रसाद खरेल, वडा नं. ७ का दिपक रायमाझि लगाएत अनलाइन तथा फेसवुक लाइभवाट विदेशमा भएका बडिगाड का केहि युवाहरुले समेत गाउँपालिकाले गरेका काम र सन्दर्भका विषयमा जिज्ञासा, सुझाव राख्नुभएको थियो। त्यस्तै राजनैतिक दलको तर्फवाट नेपाल कम्यूनिष्ट पार्टि (नेकपा)का प्रदेश सदस्य सुनिल शेरचन, नेपाली काग्रेसका जिल्ला सदस्य गण्डकि थापा अधिकारी, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव भिमलाल पोखरेलले सुझाव सहित गाउँपालिकालाई मार्गनिर्देश गर्नुभएको थियो।

प्रश्नको जवाफमा गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजा, उपाध्यक्ष अम्मर वहादुर श्रीस, प्रमुख प्रशासकिय अधिकृत प्रदिप चन्द्र सुवेदीले जेठ १५ गते सम्म ९० प्रतिशत विकाश खर्च सम्पन्न गर्ने, आगामी वर्ष टुक्रे योजना संचालन नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।

कार्यक्रममा पुग्नुभएका प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलले सुसासनका ३ खम्वा पारदर्शिता, उत्तरदायीत्व र सहभागितामा ध्यान दिन गाउँपालिकालाई सुझाव दिनुभएको थियो। कार्यक्रममा उठेका प्रश्नको जवाफ समेत दिनुभएका प्रजिअ खरेलले टेलीकमको टावर विस्तार गर्न, एसविआइ वैंकको शाखा खोल्न पहल गर्ने वताउनु भएको थियो। त्यस्तै शिक्षा विकास तथा समन्वय इकाई बागलुङका प्रमुख कुश्मराज उपाध्यायले शिक्षक दरवन्दी र समायोजनको सन्दर्भमा उठेका प्रश्नको जवाफ दिनुभएको थियो। विभिन्न विषयमा उठेका प्रश्नहरुको वडा अध्यक्षहरुले पनि जवाफ दिनुभएको थियो।

कार्यक्रम गाउँपालिका अध्यक्ष मेयरसिंह पाइजाको अध्यक्षता, उपाध्यक्ष अम्मर वहादुर श्रीसको स्वागत मन्तव्य तथा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल श्रीस र रेडियो सारथीका स्टेशन म्यानेजर कमल पौडेलको सहजिकरणमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend