logo
  • शुक्रबार, असोज ९ २०८३

गायक तथा सर्जक गणेश अधिकारीको “बलिदान”को प्रोमो सार्वजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कुमार अविरल पन्थी ।
फरक विषय वस्तु, परक चरित्रको लोकदोहोरी पस्कने होड बाजी चलिरहदा सुटिङका केही तस्बिरहरु सार्वजनिक हुदा नै धेरै लोक गित प्रेमीहरुको ध्यान तानेको “बलिदान” गीतको प्रोमो सार्वजनिक भएको छ ।

गितमा नेपाली लोक दोहोरीकै क्षेत्रमा पहिलो पटक भिडियोमा हेलिकप्टर प्रयोग गरिएको छ । गीतको सुटिङ हुन नै करिब ५ दिन लागेको र यसैले गर्दा पनि गीतको निर्माण बजेट ५ लाख भन्दा धेरै लागेको निर्माण युनिटिले जानकारी दिएको छ ।

योग्सना डिजिटल प्रालीको प्रस्तुती रहेको यो गीतमा अहिलेको बहुचर्चित तथा महङ्गी गायीका बिष्णु माझी र गणेश अधिकारीको स्वर रहेको छ । उत्कृष्ट लय तथा शब्द सिर्जना पनि अधिकारी आफैले गरेका छन ।

अधिकारीको यो भन्दा पहिले आशुको कारखाना, नलाउ झुटो पिरती, एउटा कुरा सोध्न मन थियो, घमण्ड, पिडाको राजधानी, अभाव लगायत थुप्रै गितहरु लोकप्रिय र चर्चित छन ।

बहुप्रतिक्षित मानिएको “बलिदान” गीतको म्युजिक भिडियोमा अहिलेका चर्चित मोडल बिमल अधिकारी सारिका केसी, ओवी रायमाझी लगायतको अभिनय रहेको छ । सुरेश श्रेष्ठको छायाँकन सुजन शाहीको सम्पादन रहेको गीतको म्युजिक भिडयोमा कपिल लामाको निर्देशन रहेको छ ।

हेरौ गीतको प्रोमो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend