साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी चैत्र १४ ।
गुल्मीको इस्मा गाउँपालिका १ हस्तिचौर खरका छाना मुक्त भएको छ । गाउँपालिकाका ६ वठा वडा मध्ये वडा नं १ हस्तिचौरलाई पहिलो पटक खरका छाना मुक्त गरिएको वडाध्यक्ष चुरा बहादुर खत्रीले बताए । वडा नं १ मा ३४ घरमा खरका छाना रहेका थिए । गतवर्ष १९ घरले टीनले घर छाएका थिए ।

अहिले १५ घरले टीनका पाता पाएको वडाध्यक्ष खत्रीले बताए । चुनावमा गरिएको पहिलो बाचा पुरा भएकाले अव खानेपानी र सडकको समस्यालाई वडा र गाउँपालिकाको पहलमा पुरा गरिने खत्रीले बताए । इस्मा गाउँपालिका वडा नं २ जम्मा ७५ जना लाभग्राहि छन् ।

गतवर्ष ४३ जनाले टीन पाएका थिए । अहिले भर्खर १९ घर परिवारलाई टीन वितरण गरिएको र अझै १३ घर बाँकी रहने प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले बताए । वडा न ३ मा ९१ लाभग्राहि छन् । गतवर्ष ५२ ले टीन पाए, अहिले २३ घरले पाउने र १६ घर बाँकी रहने बस्नेतले बताए ।
त्यस्तै वडा नं ४ मा एक सय ५० घर लाभग्राहि छन् । गतवर्ष ८५ ले टीन पाएका थिए । भने अहिले ४० जनालाई टीन वितरण गरिदै छ । अझै २५ घर बाँकी रहने बस्नेतले जानकारी दिए । वडा नं ५ मा ९७ जना लाभग्राहिमा गत बर्ष ५५ घरले टीन पाएका छन् ।
अहिले २५ जनाले टीन पाउने र अझै १७ घर परिवारलाई टीन वितरण गर्नुपर्ने प्रमुख प्रसासकीय अधिकृत बस्नेतले बताए । त्यस्तै वडा नं ६ मा ९१ लाभग्राहि मध्ये गतवर्ष ५१ घरले टीन पाएका छन् । अहिले २३ घरलाई टीन वितरण गरिदै छ ।
बाँकी १६ घरले अर्को पटक पाउने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले यो अभियानलाई सम्पन्न गर्न गत बर्ष एक करोड र यो वर्ष ५० लाख बिनियोजन गरेको गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले बताए ।
उनले केन्द्रिय बजेट पनि आए यो वर्षनै गाउँपालिका खरका छाना मुक्त गरिने बताए । इस्मा गाउँपालिका वडा नं १ लाई खरका छाना मुक्त घोषणा गर्दै गाउँपालिका प्रमुख बिष्टले स्थानीय तहको पहिलो चुनावी बाचा पुरा हुँदै गएकोका खुसी व्यक्त गरे ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend