logo
  • सोमबार, असोज १२ २०८३

रेसुङ्गा नगरपालिका वडा न ६ पूर्ण सरसफाई उन्मुख वडा घोषणा


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

हुमाकान्त पोखरेल, गुल्मी चैत्र १३।
रेसुङ्गा नगरपालिका वडा नम्बर ६ लाई पुर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको छ । जिल्ला समन्वय समिति अध्यक्ष लक्ष्मण पराजुलीले वडालाई प्रमाण प्रदान गर्दै पुर्ण सरसफाई उन्मुख वडा घोषणा गरे ।

वडाभित्र रहेका ४०७ घरधुरीमध्ये ८० प्रतिशत अर्थात ३२६ घरमा पुर्ण सरसफाईका सुचक पुरा गरेकोले पुर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको हो । बाँकि २० प्रतिशत घरहरुमा पनि पुर्ण सरसफाईका ६ सुचकहरु पुरा गर्ने काम भइरहेको वडा सदस्य हरीप्रसाद पोखरेलले जानकारी दिए ।

रेसुङ्गा नगरपालिका वडा नम्बर ६ को पहिचान, पूर्ण सरसफाई उन्मुख वडा हाम्रो अभियान’ भन्ने मुल नाराका साथ वडालाई पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको हो । पूर्ण सरसफाईका सुचकभित्र चर्पीको समुचित प्रयोग, पानी प्रयोग सम्बन्धी सुरक्षित व्यवहार, साबुन पानीले हात धुने बानी, खाना प्रयोग सम्बन्धी सुरक्षित व्यवहार, सफा घर सफा आगँन र सफा वातावरण पर्दछन् ।

घोषणा समारोहकै अवसरमा प्रमुख अतिथि समन्वय समिति प्रमुख पराजुलीले उपस्थित सम्पूर्णलाई पूर्ण सरसफाईसम्बन्धी शपद खुवाएका थिए । कार्यक्रममा विभिन्न आमा समुह, संघ सँस्था तथा विद्यालयहरुले प्ले कार्ड सहित ¥र्याली समेत प्रर्दशन गरेका थिए ।

टोल घोषण गर्नको लागि वडाध्यक्ष गन बहादुर गुरुङको अध्यक्षतामा वडास्तरिय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको समेत गठन गरी काम सुरु गरिएको थियो । नगरपालिकामा अहिले एकिकृत विकास समाज र सुआहारा कार्यक्रमले संयुक्त रुपमा सरसफाईको काम अगाडी बढाएका छन् ।

रेसुङ्गा नगरपालिकाको वडा नम्बर ६ मा पनि सुआहारा कार्यक्रमले दुईजना कर्मचारी तथा आर्थिक एवम् प्राविधिक क्षेत्रमा सहयोग गरेको सँस्थाका अध्यक्ष हिरा एसीले जानकारी दिए । त्यस्तै जनप्रतिनिधी, महिला स्वास्थ्य् स्वंयम् सेविका, क्लव, विद्यालय लगायतलाई तालिम पनि प्रदान गरेको एसीले बताए ।

राज्य पुर्नसंरचना भइसकेपछि पूर्ण सरसफाई उन्मुख घोषण हुने रेसुङ्गा नगरपालिका वडा ६ गुल्मीमै पहिलो वडा हो । यसभन्दा अगाडी साविकको गाउँ विकास समिति हुँदा सत्यवती गाउँपालिका ८ भार्से र छत्रकोट गाउँपालिका २ पल्लिकोट पूर्ण सरसफाई उन्मुख घोषणा भइसकेको एकिकृत ग्रामिण विकास समाजका कार्यकारी निर्देशक कृष्ण विश्वकर्माले जानकारी दिए ।

कार्यक्रममा रेसुङ्गा नगरपालिकाका मेयर डिल्लिराज भुसाल, उपमेयर सिता भण्डारी, प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनी, जिल्ला समन्वय अधिकृत चोलराज शर्मा लगायत स्थानीय जनप्रतिनिधी, विभिन्न संघ सँस्थाका प्रमुख तथा प्रतिनिधीहरु, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend