logo
  • सोमबार, असोज १२ २०८३

नेपाल विधुत्त प्रधिकरण तम्घास गुल्मीमा गुनासो संकलन


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अन्जना अधिकारी , गुल्मी चैत्र १२ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालमा आवद्धसंस्था सुशासन अभियान गुल्मी मार्फत सञ्चालित एलाक आउटरिच कार्यक्रम अन्तर्गत आज घुम्ती सहयोग कक्ष (गुनासो संकलन) कार्यक्रम सम्पन्न गरिएको छ ।

आज नेपाल विधुत्त प्रधिकरण गुल्मी वितरण केन्द्र तम्घास गुल्मीको परिसरमा गुनासो डेस्क राखी उक्त कार्यालयले प्रदान गर्ने सेवा सम्बन्धमा सेवाग्राहीको गुनासो संकलन कार्य गरिएको छ।नेपाल विधुत्त प्राधिकरण गुल्मी शाखाले प्रदान गर्ने सेवामा ग्रामीण क्षेत्रका जनताहरुलाई विद्युत महशुल बुझाउन तम्घास मै आउनु पर्दा समस्या भएको, विद्युतीय तारहरु लत्रिएको पुराना पोलहरु ढल्ने अवस्थामा कार्यालयमा जानकारी गराउदा पनि समयमै प्राविधिक हरु जाने नगरेको, ग्रामीण क्षेत्रमा मिटर रिडरहरु मिटर रिडिङ्ग गर्न निर्धारित समयमा जाने नगरेको, विधुत्त प्रवाह नियमित हुन नसकेको, लगायतका गुनासोहरु आएका थिए ।

तत्कालन समाधान हुनसक्ने गुनासोहरुको बारेमा कार्यालयप्रमुख संग बसी गुनासाहरु तत्काल समाधान गराउने र बाँकी गुनासाहरुको निराकरणका उपाएहरुका सम्बन्धमा छलफल समेत गरियो । उक्त कार्यक्रम संस्थाका अध्यक्ष श्यामकुमार पाण्डेय, सचिव विनोद पाण्डेय, कार्यक्रम अधिकृत अञ्जना अधिकारी, सहयोगी बिक्रम पन्थी र सन्तोष गैरेको उपस्थितमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend