logo
  • सोमबार, असोज १२ २०८३

सामाजिक अभियान्ता चन्दको पहलमा गुल्मीका दुई गाउँपालिकामा गाडीभाडा घट्यो


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क,गुल्मी चैत १२ । गुल्मी जिल्लाको सदरमुकामा तम्घास देखी पश्चिम जाने सवारी साधनहरुले बर्षौ देखी आफुखुसी लिँदै आएको भाडा घटाईएको छ । सदरमुकाम तम्घास देखी मदाने गाउँपालिकाको अग्लुङ फेँदी सम्म जाने सवारी साधनले यातायातको नियम बिपरित भाडा लिएको र त्यसलाई नियम संगत कायम गरि कार्यन्वयन गर्नुपर्ने भन्दै स्थानिय समाजसेवी तथा सामाजिक अभियान्ता सुशिल चन्दले यातायात गुल्मीमा निवेदन दिनुभएको थियो ।

चन्दले दिएको निवेदनको सम्बोधन गर्दै जिल्ला यातायात कार्यालय गुल्मीले अग्लुङ फेँदिसम्म एकतर्फी भाडामा ७० रुपैँया घटाईएको छ भने अन्य स्थानबाट अग्लुङ तर्फ जाने गाडीभाडा पनि दुरी अनुसार घटाईएको जिल्ला यातायात कार्यालय गुल्मीका प्रमुख डोल बहादुर कुँवरले जानकारी दिनुभयो । “जिल्लाको मदाने गाउँपालिका,धुर्कोट गाउँपालिका लगायतका स्थानको भाडा घटेको छ”, कुँवरले भन्नु भयो । त्यस क्षेत्रमा दैनिक ५० जना भन्दा बढी यात्राुहरु आवत जावत गर्ने गर्छन् ।

भाडा घटेसँगै त्यस क्षेत्रका नागरिकहरु हर्षित बनेका छन् । स्थानिय सरकार तथा जनप्रतिनिधीहरुको ध्यान पुग्न नसकेपछी स्थानिय समाजसेवी सुशिल चन्दले एक्लै भाडा समायोजनको पहल गर्नुभएको थियो । सदरमुकाम तम्घास देखी अग्लुङ फेँदी सम्मको दुरी ५५ किलोमिटर रहेको र यातायात कार्यालयको नियम अनुसार कच्ची बाटोमा प्रतिकिलोमिटर ९ रुपैँया ९० पैसाको दरले ५४४ रुपैँया हुनुपर्नेमा त्यस क्षेत्रमा चल्ने सवारी साधनहरुले प्रतियात्रु ६७० रुपैँया सम्म असुल्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend