साझा नेटवर्क
काठमान्डौ, चैत १० ।
सौन्दर्य प्रतियोगिता लगायतका इभेन्ट आयोजना गर्दै आएका आयोजकहरुले डेढ दशक भन्दा बढी समय देखि विभिन्न सौन्दर्य प्रतियोगीता आयोजना गर्दै आएका एएनपी मिडिया हाउसका प्रबन्ध निर्देशक लबवहादुर कार्कीको अध्यक्षतामा कार्यक्रम ब्यवस्थापन संघ नेपाल गठन गरेका छन् ।

पेशागत हक हितका निम्ती सांगठनिक रुपमा अघि बढनु पर्छ भन्ने सोचका साथ यस पेशामा आवद्ध रहेकाहरु एकजुट भई संघ गठन गरिएको शनिबार राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष कार्कीले जानाकारी गराए।

प्मुख अतिथी पूर्व संस्कृति, पर्यटन तथा नागरीक उड्डयन मन्त्री कृपासुर शेर्पाले संघले यो क्षेत्रलाई व्यबस्थित गर्दै अगाडि बढाउनु संघको दायित्व हुने बताए।संघमा उपाध्यक्ष शान्ता कुमारी तामाब, महासचिव सावित्री ढुंगााना, प्रवक्ता सरोज ओझा, सचिव सोनीत राज ढुंगेल, सहसचिव डेविल सिहं राजपुत, कोषाध्यक्ष राज लुईटेल, सहकोषाध्यक्ष टेकराज पाण्डे रहेका छन्।

मोनीत महर्जन, तृष्णा गुरुब, प्रदिपराज वन्त, सुरज थापा, सपना राई, अशोक तामाब सदस्य तथा गोकर्ण लामीछाने, राजिव दियाली, सविना श्रेष्ठ, समिर लामा, पासाब शेर्पा, पवन कोईराला र नारायण थापा संस्थापक सदस्य रहेका छन्।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend